एकता युवा क्लवको योजना कुश्मा बजार बृक्षारोपण

ZEN Travels

पर्वत ।
विश्व वातावरण दिवसको अवसरमा एकता युवा क्लव कुश्माले जिल्ला प्रशासन चोक देखि नगरपालिका चोक सम्म मंगलबार ४५ वटा बिरुवा बृक्षारोपण गरेको छ ।
एकता युवा क्लबले बिगत ७ बर्षदेखि विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण गर्दै आएको छ । हाल सम्म करिब ३ सयको हाराहरीमा बृक्षारोपण भईसकेको क्लवले जनाएको छ । एकता युवा क्लवका अध्यक्ष नगेन्द्र बहादुर खत्रीका अनुसार रुख अग्लाअग्ला भई नागा बिजुलीका तारमा पुगेका छन् । उनले भने,‘ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । साथै, सहयोगी संघसंस्थाको सहयताले आगामी केहि बर्षमा पूरा कुश्मा बजार भित्र बृक्षारोपण गरिने उनले बताए ।
विश्व वातावरण दिवसको अवसरमा कल्वले मगंलबार बृक्षारोपण सगंैं औपचारिक कार्यक्रमको गरेको थियो । सो अवसरमा बोल्दै प्रमुख अथिती  कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्रकला शर्माले एकता युवा क्लवले हरेक बर्ष बृक्षारेपण गरेको भन्दै कार्यको प्रशंसा गरिन् । उनले क्लवले आगमी बर्षमा पूरा कुश्मा बजार भित्र बृक्षारोपण गर्ने लक्ष्य क्लवले राखेको प्रति वडाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाईन् । सो अवसरमा बोल्दै अतिथि जेष्ठ नागरिक समाजका अध्यक्ष लोकनाथ आचार्यले क्लवले रोपण गरेका सवै बोटबिरुवाको संरक्षणमा सवैले ध्यान दिनुपर्ने बताए । उनले वातावरण स्वच्छ राख्न बृक्षारेपण अपरिहार्य रहेको उल्लेख गरे । क्लवका अध्यक्ष नगेन्द्र बहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रमका अवसरमा एकता युवा क्लवका संस्थापक अध्यक्ष बिक्रम के.सी,क्लवका संस्थापक सल्लाहकार बसन्त बहादुर सि.के,उपाध्यक्ष एवंम एनआईसी बैंक पर्वत शाखाका प्रबन्धक बिजय चापाँगाई,सचिव गोकुल चापागाँई लगायतले बोलेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला