तस्करीको १३ टन मरिच बरामद, मरिचको बजार मूल्य ‘एक करोड रुपैयाँ’

ZEN Travels

वीरगन्ज । 
वीरगन्जको मुख्य भन्सार नाका हुँदै तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १३ टन मरिचसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

मरिच बोकेको युपी७८बिटी ३८०४ नम्बरको भारतीय ट्रक वीरगन्ज–रक्सौल नाकामा रहेको शंकाराचार्य गेट कटिसकेको अवस्थामा सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

विशेष सूचनाको आधारमा इनर्वा प्रहरीचौकीबाट खटिएको प्रहरीको टोलीले मरिच बरामद गरेको हो ।

प्रहरीले कालो मरिचसहित ट्रक चालकलाई पनि पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

पक्राउ पर्नेमा भारत, उत्तर प्रदेशको कानपुर जिल्ला बस्ने ३२ वर्षीय धर्मेन्द्र कुमार रहेका छन् ।

भारतबाट आलु लोड गरी नेपाल आएको भारतीय गाडी फर्कनेक्रममा मरिचलाई भारतीय सीमावर्ती सहर रक्सौल लैजान खोजेको चालकले बयान दिएका छन् ।

बरामद गरिएको मरिचको नेपाली बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला