प्राईम लाईफ ईन्स्यारेन्स ११ औँ बर्षमा

ZEN Travels

पर्वत ।

प्राईम लाईफ ईन्स्योरेन्स कम्पनिले मंगलवार आफ्नो ११ औं बार्षिक उत्सव बिबिध कार्यक्रम गरेर मनाएको छ ।
कम्पनि स्थापना भएको १० वर्ष पुरागरि ११ वर्षमा प्रवेश गरेको अवसर पारि पर्वत शाखाले कुश्ममा जन्मउत्सव मनाएको छ । सो अवसरमा प्राईम लाईफ ईन्स्योरेन्सका अभिकर्ता तथा अन्य बुद्धिजीवहरुको उपस्तिथ रहेको थियो । सो अवसरमा शुभकामना दिदै शाखा प्रमुख मुकुन्द्र प्रसाद भट्टराईले भविश्यको बारेमा सोच्ने ब्यक्तिहरुले जिवन विमा गराउने भन्दै कार्यक्रमा सहभागि हुन कम्पनिलाई आग्रह गर्नुभएको थियो ।
उहाँले विमा गर्नु आवश्यक रहेको बताउदै भन्नुभयो–‘भोलि के हुन्छ भन्ने निश्चित छैन । जीवन विमा गर्नाले जीवनमा पर्ने जोखिमलाई कम गरी सुरक्षित बनाउन सकिने हुँदा आफ्नो बचत अनुसारको विमा गर्नु उचित हुन्छ ।’ सो अवसरमा अभिकर्ता लक्ष्मी तिवारीले सवैलाई जिवन विमामा आवध हुन आग्रह गर्नुभयो । कम्पनि ऐन, २०५३ अन्तर्गत स्थापित विमा ऐन २०४९ अन्तर्गत बीमा समितिबाट जीवन वीमा व्यवसाय गर्न स्वीकृति लिएको हो ।
सवैभन्दा धेरै शाखाबाट सेवा दिदै आएको कम्पनिको विमित संख्या मात्र करीव १८ लाख रहेको छ । पर्वतको सन्दर्भमा पनि यस कम्पनिले छोटो समयमै सर्वसाधारणको मन र विश्वास जित्दै ठुलै संख्या बीमा गराउनु सफल भएको छ ।’
कार्यक्रममा प्राईम लाईफ ईन्स्योरेन्स कम्पनिमा आवध एकदर्शन बढि अभिकर्ता थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला