गर्मी बढेसंगै तराई क्षेत्रमा जनजीवन अस्तव्यस्त

ZEN Travels

तराईका जिल्लाहरुमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ ।

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ ।

नेपालगन्ज , भैरहवा , जनकपुर लगाएतका तराईका जिल्लाहरुमा गर्मी बढे संगै मानिसहरुको दैनिक जिवनयापनमा प्रभाव पारेको छ । वायुमण्डलीय तापक्रम बढी रहँदा ३८.८ देखी ४२ डिग्री सेल्सियस सम्म तापक्रम हुने गरेको छ । गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला