सर्पले डस्दा वडा अध्यक्षको मृत्यु

ZEN Travels

विराटनगर ।

मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको बुधबार राति सर्पले डसेर मृत्यु भएको छ ।

राति ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीय वडाध्यक्ष बलिराम भगतलाई विषालु सर्पले डसेको थियो ।

उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला