बागलुङ:उधोग बाणिज्यसंघको मनपरि ,महोत्सबको आय–ब्याय सार्वजनिक नगरेको आरोप ।।

ZEN Travels

छविलाल पाण्डे बागलुङ ।
उधोग बाणिज्य संघ बागलुङ ईकाई बुर्तिबाङले पछिल्लो समय मनपरि गतिबिधी गर्न थालेको भन्दै बुर्तिबाङ क्षेत्रका केहि ब्यबसायि र सामाजिक सञ्जालकर्ताहरुले चर्का बिरोध जनाएका छन् ।
गत बैसाख १ देखि ८ गतेसम्म ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा सञ्चालन गरीएको प्रथम ढोरपाटन महोत्सबको हालसम्म दुई महिना बित्नै लाग्दासमेत आय–ब्याय सार्वजनिक नगरीनु र गत जेठ २१ र २२ गते कर कार्यालय बागलुङद्धारा उधोग बाणिज्य संघ ईकाई बुर्तिबाङको सहजिकरणमा ब्यबसाय दर्ताका लागि प्यान लिन चाहने ब्यबसायिको पेशा ब्यबसाय दर्ता गर्ने क्रममा ढोरपाटन महोत्सब नाम लेखेको नगदी रसिदमा पांचसय उठाईएको भन्दै तिब्र अशन्तुस्टि जनाएका हुन् ।
ब्यबसायिहरुले आफुहरुलाई महोत्सबमा समेत पैसा उठाएको र हाल कर कार्यालयमा पसल दर्ताको समयमा समेत महोत्सबकै नाम रहेको रसिदमा रकम असुलि गरीएको भन्दै यस बिषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण रहेको केहि ब्यबसायिकोभनाई थियो ।

त्यस्तै सामाजिक सञ्जाल फेसबुकमार्फत समेत यि बिषयको चर्का आलोचना भईरहेको हो ।
यस बिषयमा उधोग बाणिज्य संघ बागलुङ ईकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणि सर्मालाई बुज्दा आफुहरुले ढोरपाटन महोत्सब बैसाख १ देखि ८ गते सम्म सञ्चालन गरीरहंदा बैसाख १५ गतेनै जनताको बिचमा आथिर्क आयब्याय प्रस्तुत गर्ने भनी तयारी गरेपनी तयारी पुरा हुन नसकेको र जेठ पहिलो साता गर्ने भन्दा आफु ब्यबस्त भएको र आफहरुले आयब्याय बिवरण तयारी अबस्थामा राखेका कारण अब असार पहिलो साता वा असार पन्द्र सम्म जसरीपनी सबैलाई समेटेर एक कार्यक्रमका बिच आयब्याय प्रस्तुत गरीने बताउनु भयो ।

त्यस्तै महोत्सबको नाम रहेको नगदी रसिदमा फर्म दर्ता गर्ने ब्यबसायिबाट पांचसय रुपैया लिईएको बिषयमा बुज्दा आफहुरुले ब्यबस्तताका कारण छुत्टै उधोग बाणिज्य संघ ईकाई बुर्तिबाङको नाममा रसिद छपाई गर्न नपाईएको र ढोरपाटन महोत्सबबाट बञ्चित भएका नगदी रसिद प्रयोग गरीएका कारण यसमा अन्यथा लिन नहुने जिकिर गर्नुभयो ।
उतm रकम आफुहरुले समेत नराखि फर्म संकलन अभियानमा कर्मचारी खर्च, खाना बस्न खर्चमा प्रयोग हुने गरेको बताउदै आफुहरुकहां ब्बयसायिबाट यसबिषयमा कुनै गुनासो नआएको बताउनु भयो ।

स्मरणिय छ यसरी जनगुनासो बद्दै जांदा उधोग बाणिज्य संघ ईकाई बुर्तिबाङले ढोरपाटन महोत्सबको आय –ब्याय बिवरण यथासक्य चांडो सार्वजनिक गर्नुपर्ने र नगदी रसिदमा समेत बिशेष ख्याल गर्नुपर्ने देखिन्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला