आर्दश मावि कुश्ममा ईको क्लव स्थापना|Merojilla.Com|

ZEN Travels

पर्वत ।
विश्व वातावरण दिवसको अवसरमा आदर्श अंग्रेजी आ. मा. वि.का विद्याथीय परिवारले ईको क्लवको स्थापना गरेका छन् ।

सो अवसरमा विद्यालयले आफ्नो वरपरमा भएको फोहोर मैला संकलन तथा व्यवस्थापन गर्दै वातवारण सरसफाइ तथा संरक्षण विषयक कार्याशाला गोष्ठी कार्यक्रम विद्यालयको प्राङ्गणमा समपन्न गरेका छन् । फोहोर जन्य पदार्थ तथा प्लाष्टिकहरुको प्रयोगले वातवारणमा पारेको असरका वारेमा समाजमा जनचेतन फैलाउने उद्देश्यका कार्यक्रम आयोजना गरेको विद्यार्थी समृद्ध पौडेलले वताए ।

अन्तराष्ट्रिय अवार्ड विजेता समेत रहेको विद्यालयले यस्ता कार्यहरुलाई आफ्ना परियोजना कार्यका रुपमा मनाउँदै आएको छ ।
कार्यक्रम पछि प्रिन्सिपल हिम बहादुर पौडेल क्षेत्रीले भने ,’विद्यार्थीले किताबी ज्ञानलाई आफ्नो जीवनोपयोगी बनाइ असल समाज र राष्ट्र निर्माण गर्ने कार्यमा समाजसंग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले . समाजको अग्रणी व्यक्तित्व मानिने विद्यार्थी वर्गले समाजमा यस्ता राम्रा कामहरुलाई निरन्तरता दिदैं जनचेतना फैलाउने काम गर्न आगंह गरे ।

विद्यालयमा कार्यशाला गोष्ठीको आयोजना गरी वातावरणको महत्व, यसको संरक्षण कसरी गर्ने भन्ने विषयमा समेत छलफल भएको थियो । विश्व वातावरण दिवसको अवसरमा आदर्श अ. आ. मा. वि.का विद्यार्थीहरुले इको क्लव स्थापना गरेका छन् । इको भन्नाले ईन्भारमेन्ट कलवलाई बुझिन्छ । क्लवले वतावरण संरक्षणमा अहम भुमिका खेली समाजमा योगदान पु¥याउने छ ।
वातवारण प्रदूषितका कारण जलवाय’ परिवर्तन हुदै गएको र समाजका सचेत वर्ग शिक्षक, विद्यार्थीहरुले वेलैमाथि सचेत रहनुपर्ने एकेडेमिक इन्चार्ज कमल थापाले बताए । यस्ता गतिबिधीहरु आगामि दिनमा समेत निरन्तरता दिन सहायक एकेडेमिक इन्चार्ज मिन बहादुर थापाले बताए ।
महत्वका वारेमा लेखा प्रमुख धर्म बहादर पौडेल क्षेत्रीले स्पष्ट पारेका थिए । भने, उक्त कार्यक्रमको वारेमा कार्यशाला गोष्ठीको संचालन सहायक इ. सि. ए. इन्चार्ज नारायण पौडेलले गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला