सालको काठ लैजाादै गर्दा स्याङमा ५ पक्राउ

ZEN Travels

प्रकाश डोटेल
स्याङ्जा ।

स्याङ्जाको चापाकोटबाट वालिङ तर्फ ल्याउँदै गरेको ५५ थान अबैध सालको काठ सहित ५ जना युवा पक्राउ परेका छन् । ट्रकमा राखिएको २ लाख भन्दा बढि मुल्य पर्ने झण्डै १ सय २० क्यू. फिट सालको काठ सहित ५ जना युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अबैध काठ ओसारर्ने चापाकोट नगरपालिका १० का अर्जुन खाम्चा, जितबहादुर आले तथा काठ ओसार्न प्रयोग गरिएको ट्रक चालक पाल्पा जिल्ला रामपुर नगरपालिका १० का हिमलाल कुमाल, भिमबहादुर कुमाल र कृष्ण कुमाल पक्राउ परेका हुन् । वालिङ वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई वालिङ नगरपालिका ६ स्थित आमडालिबाट नियन्त्रणमा लिएको हो ।

अबैध काठ ओसार्न प्रयोग भएको लु २ ख १६५ नंम्बरको ट्रक नियन्त्रणमा लिएको प्रहरीले खाम्चाले प्रयोग गरेको लु ४० प ८१०३ नम्बरको मोटरसाइकल र साथमा रहेको १ लाख ७० हजार १ सय रुपैयाँ नगद बरामत गरिएको प्रहरीले जनाएको छ ।

चापाकोट नगर क्षेत्रका विभिन्न स्थानबाट अबैध रुपमा संकलन गरिएको काठ वालिङस्थित फर्निचरहरुलाई बिक्री गर्न ल्याएको हुन सक्ने सेक्टर वन कार्यालय वालिङले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान थालिएको वन कार्यालयले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला