पर्वतःफलेवासमा ११ विधेयक परित ।

ZEN Travels

पर्वत ।
फलेवास नगरपालिकाको दोस्रो नगरसभा विभिन्न ११ वटा विधेयकहरु परित गर्दै सकिएको छ । । फलेवास नगरपालिका वार्ड नं. ६ देविस्थानको पर्वत बहुमुखी क्याम्पसको सभाहलमा बिहिबार सभा सम्पन्न भएको हो ।
नगरप्रमुख पदमपाणी शर्माको सभाअध्यक्षतमा दोस्रो नगरसभामा भएको हो । विषयगत विधेयकहरुको छलफल र पालिकाका सदस्यहरुको सर्वसम्मतमा विधेयकहरु परित भएका छन् ।
शिक्षा विधेयक २०७५, आर्थिक कार्य्बिधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक २०७५, कृषि व्यावसाय प्रवद्र्धन सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक २०७५, प्रशासकिय कार्य्विधि नियमित गर्ने विधेयक २०७५, न्यायिक समितिको कार्य्विधि सम्बन्धी विधेयक २०७५, सार्वजानिक निजि साझेदारी सम्बन्धमा व्यावस्थापन गर्न बनेको विधेयक २०७५, विधायन समिति विधेयक २०७५, सहकारी विधेयक २०७५, विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन गर्न बनेको विधेयक २०७५, गैरसरकारी संस्था सन्चालन तथा समन्वय सम्बन्धी विधेयक २०७५ र कर विधेयक २०७५ गरी ११ वटा विधेयकहरु सर्वसम्मतले परित गरिएको हो ।
संविधानले दिएको अधिकार प्रयोग गरेर काम गर्न सहज हुने नगर प्रमुख पदमपाणी शर्माले बताए । उनले नगरको चौतर्फी विकासको लागि आफू अहोरात खटिएर काम गरिरहने उल्लेख गरे । नगरले आर्थिक, सामाजिक, पुर्वधार ,कृषि , वन ,वातावरण ,शिक्षा, स्वास्थ, खानेपानी सडक सिचाइ स्वरोजगार लगाएतको विकासमा विशेष ध्यान दिइ योजनालाई प्राथमिकता दिएको छ ।
कालीगण्डकी जलाशययुक्ति परियोजना, फलेवास पोखरा सिधा सडक निर्माण कार्य , नगरभित्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन , एकीकृत सम्पत्ति कर संकलन, पर्यटन विकासका लागि थापाठानाको खुम मा होम स्टे सन्चालन गरेको लगायतका उल्लेखनीय काम गरेको बताउनुभयो । साथै उहाँले नगरपालिकाकाको आर्थिक वर्ष २०७५÷७६ को बजेट असार पहिलो साताभित्र ल्याउने नगरले जनाएको हो । समृद्ध फलेवासका लागि नगरपालिकाका ११ वटा वार्डमा नै समानुपातिक विकास गर्ने सबैसगं सहकार्य गर्ने उनले बताए ।
नगर उपप्रमुख मन्जु अधिकारीले आर्थिक वर्ष २०७४÷७५को संसोधित बजेट आर्थिक कार्य्िबधी नियमित तथा व्यवस्थित गर्न कर बिधेयक पेश गर्दै नगरबासिको हितमा काम गर्दै जाने बताईन् । नगरसभा स्थानीय सरकारको झल्को दिने गरि संसदको ढाचाबाट सन्चालन गरिएको थियो । नगर कार्यपालिकाका सदस्यहरु, वार्ड अध्यक्षहरु, जिल्ला समन्वय समिति पर्वतका सदस्यहरु, कर्मचारीे, पत्रकार लगाएतको उपस्थिति थियो । सरोकलवालले यसको सफलताका लागि शुभकामना दिएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला