कुस्माः पेट्रोलियम पदार्थ कालोबजारी गर्ने पक्राउ

ZEN Travels

पर्वत ।
अवैध रुपमा पेट्रोलियम पदार्थ लुकाई छिपाई बिक्रि बितरण गरेको अवस्थामा कुस्माका दुई ब्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतको संयुक्त अनुगमन टोलीले बजार अनुगमनका क्रममा उनीहरुका पसलबाट अवैध रुपमा पेट्रोलियम पदार्थ लुकाई छिपाई बिक्रि गरेको फेला पारेको हो ।
कुश्मा नगरपालिका ५ स्थित कल्पना स्ट्रोर्स दैनिक खाद्यान्न बस्तु बिक्रि पसलबाट ब्यापारी कल्पना क्षेत्री संग पसmमा रहेको ६१.५ लिटर र कुश्मा नगर पालिका ४ स्थित बिष्णु कुमारी उपाध्यायको कस्मेटिक पसलमा रहेको ३९ लिटर पेट्रोलियम पदार्थ नियन्त्रणमा लिईएको छ ।
हाल कालोबजारी गरेकोमा प्रहरी कार्यालयको हिरासतमा राखि आवश्यक थप अनुसन्धान गरिएको छ । थप, अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागी दुवैलाई जिल्ला प्रशासन कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला