वित्तीय संस्था सवैले उद्योगहरुमा लगानी बढाउन मन्त्री लम्सालको आग्रह

ZEN Travels

माधब पराजुली,पोखरा ।
प्रदेश नं. ४ का उधोग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले साना लघु तथा घरेलु उद्योगहरुमा लगानी बढाउन वित्तीय संस्थालाई आग्रह गर्नुभएको छ ।

शुक्रवार राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपाल लघुबित्तिय संस्थाले आयोजना गरेको सेवा प्रवेश पूर्व सैद्धान्तिक तालिमको उद्घाटन गर्दै मन्त्री लम्सालले बित्तिय संस्थाले शैक्षिक तथा आर्थिक विकासका लागि काम गरी मुलुकमा रोजगारी बढाउनका लागि ठुला तथा साना घरेलु उद्योगहरुमा पनि लगानी बढाउनुपर्ने बताउनुभयो । मन्त्री लम्सालले शैक्षिक तथा सामाजिक क्षेत्रमा नोष्डो नेपालले गरेको लगानी अब उद्योग क्षेत्रमा समेत बढाउनुपर्नेमा जोड दिनुभयो । वित्तीय संस्थाको लगानी सुरक्षा गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री लम्सालले वित्तीय संस्थाले उद्योगमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

उधोग मार्फत रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ , मन्त्री लम्सालले भन्नुभयो“लगानी बढाउनुहोस तपाईको सुरक्षा सरकारले गर्छ’ । उहाँले सरकारको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा लाई सफल पार्न पनि बित्तिय संस्थाहरुले अशिक्षा,पर्छौटेपनले गुज्रिएको समाजमा आर्थीक गतिबिधी
बढ्ने गरी लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले बित्तिय संस्थाहरु जहिँले पनि नाफा मुखी भन्दा सेवामुखी तर्फ केन्द्रित हुनुपर्ने मा जोड दिदै अति विकट क्षत्रमा रहेका विपन्न,गरिब परिवार माझ पुगेर जनताको सेवामा समर्पित हुन समेत आग्रह गर्नुभयो ।

सोही अवसरमा नेष्डो नेपालका अध्यक्ष बिश्व प्रकाश प्रसाईले आफ्नो संस्था नितान्त सामाजिक संस्था रहेको बताउनुभयो । उहाँले न्यून आय भएका मानिसहरूको वित्तीय सेवासम्म पहुँच पु¥याई गरिबी जनाताको आर्थीक स्तर उकास्ने संस्थाको मुख्य उद्देश्य रहेको बताउदै नेपालमा गरिबी निवारण नभएसम्म आफ्नो संस्था निन्रतर लडिरहने बताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला