पर्वतःमानव अधिकारी संगठनको परिषद बैठक सम्पन्न

ZEN Travels

पर्वत ।
नेपाल मानव अधिकारी संगठन पर्वतको जिल्ला परिषदको बैठक शनिबार कुस्ममा सम्पन्न भएको छ । बि.स २०५० सालमा स्थापना भएको संगठन थुप्रै उतार चडाब एवंम अन्योलका कारण गत २०७३ साल सम्म मौन थियो । पछिल्लो समयमा पर्वतका नागरीकको अगुवा गर्ने संस्थाको रुपमा संगठन उभिएको छ ।
गत २०७३ साल मंसिर ११ गते अधिवेशन गर्दै अधिवत्ता हरिनारायण रेग्मीको अध्यक्षतामा जिल्ला संगठन पुर्नःगठन भएको हो । नयाँ समिति सो समयदेखि शुन्य आर्थिक अवस्थावाट सञ्चालन हुँदै आएको छ । संगठनमा आवध ३५ सदस्य,प्रशिक्षण,स्थानीय निवार्चन पर्यवेक्षण वापत ,केन्द्रले तालिम गर्ने दिएको रकम र सहयोगवाट ८६ हजार ९ सयको आय व्यय विवरण प्रस्तुतु गर्दै सदस्यहरुलाई प्रतिवेदन दिएको हो । संगठनले केन्द्रको र्निदेशन अनुसार स्थानीय तहमा सञ्चाल बिस्तार गरेको छ । यहाँका ७ मध्य २ वटा गाउँपालिकामा संयोजक तोकेर कामको थालनी गरेको छ । जलजलामा ईन्द्र बहादुर अधिकारी,माहशिलामाम टेकबहादुर नेपाललाई जिम्मा दिएको छ । जस्मा ५ सदस्य गाउँपालिका स्तरको समिति रहेने व्यवस्था छ ।

सम्पन्न परिषद बैठकमा पर्वत जिल्लामा भएका संगठनका गतिबिधी,योजनाहरु,समस्या र चुनौती शिर्षकको प्रतिवेदन अधिवत्ता रेग्मी मार्फत प्रस्तुतु गर्दै प्रतिवेदन पत्र सदस्यहरुलाई प्रदान गरिएको हो । सो अवसरमा अधिवत्ता रेग्मीले जिल्लामा संगठनको अमिट छाप राखेर कार्यकाल गौरवपुर्ण इतिहास रच्दै आगामी नेतृत्वलाई सहज वातावरणको कोषेढुङ्गा स्थापित गर्ने प्रतिवद्ता व्यक्त गरे ।
प्रमुख अतिथि प्रदेश नम्बर ४ का संयोजक नरेन्द्र बास्तोलाले नागरीको अगुवाईमा जिल्लामा संगठनले खेलेको भूमिकाको प्रशंसा गरे । उनले आर्थिक अवस्था शून्य रहेको संगठनको आर्थिक आय सुध्रान प्रदेशले पनि केन्द्रलाई आग्रह गर्ने बताए ।
नेपाल मानव अधिकारी संगठन पर्वतका अध्यक्ष अधिवत्ता हरिनारायण रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो । संगठनका सल्लाहकार बेलप्रसाद बिश्वकर्मा,द्रोणराज उपाध्याय,पृथ्वी नारायण शर्मा,बसन्त बहादुर सि.के,उपाध्यक्ष केदारनाथ आचार्य,सदस्य अच्युत तिवारी,सचिव माधव पौडेल लगायतले बोलेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला