कुश्मामा पाँचदिने उद्घोषण तथा भाषणकला तालीम शुरु

ZEN Travels

पर्वत÷कुश्मा ।
नगरपालिका वडा नं ७ का महिलाहरुको सशक्तिकरण तथा क्षमता विकास गर्ने उदेश्यले वडा कार्यालयको आयोजनामा पा“चदिने उद्घोषण तथा भाषणकला तालीम आजदेखि कुश्मामा शुरु भएको छ ।
तालीमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका वडा नं ७ का वडा सदस्य तथा तालीम संयोजक परशुराम पुरीले महिलाहरुको क्षमता विकासका लागि उद्घोषण तथा भाषणकला तालीम महत्वपूर्ण हुने वताउनु भयो । पुरीेले वडाभित्रका सबै महिलाहरुलाई विभिन्न तालीमको माध्यमबाट सशक्तिकरण गर्दै सामुदायिक विकासका हरेक अभियानहरुमा अग्रसर गराउने अभियान अनुरुप यो तालीमको आयोजना गरिएको जानाकारी दिनुभयो । तालीम संयोजक पुरीले भाषणकला र उद्घोषण तालीम अब सबैका लागि अपरिहार्य भएको वताउ“दै तालीममा सिकेको सीपलाई व्यवहारिक र जीवनपयोगी बनाउन सहभागी सबै महिलाहरुलाई सुझाव दिनुभयो ।
कार्यक्रममा तालीमका प्रमुख प्रशिक्षक तथा रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले कुशल वक्ता र सफल उद्घोषक हुन पा“चदिनको तालीम मात्र प्रयाप्त नभएको भन्दै तालीमबाट उद्घोषण र भाषणकलाको आधारभूत ज्ञान प्राप्त हुने जानाकारी दिनुभयो । घायलले बोल्नेकला नेतृत्व र व्यक्तित्व विकासको पहिलो सूचक भएकोले आफ्नो अभिव्यक्तिकलालाई प्रभावकारी बनाउन यो तालीम महत्वपूर्ण भएको दावी गर्नुभयो । तालीममा कुश्मा नगरकार्यपालिकाका सदस्य डम्मर नेपालीले तालीममा सिकेको सीपलाई व्यवहारिक जीवनमा प्रयोग गर्न सबै महिलाहरुलाई सुझाव दिनुभएको थियो ।
कुश्मा नगरपालिका वडा नं ७ का वडासदस्य तथा तालीम संयोजक परशुराम पुरीको सभापतित्वमा भएको उक्त तालीमको उद्घाटन सत्रको संचालन वडासचिव विन्दु शर्मा रेग्मीले गर्नुभएको थियोभने कार्यक्रमका स्वागत मन्तव्य वडासदस्य निलराज पुरीले राख्नुभएको थियो । यही जेठ ३० गतेसम्म संचालन हुने उक्त तालीममा वडाभित्रका २५ जना महिलाहरु सहभागी हुनुहुन्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला