प्रदेश नं ४ मा लगानीमैत्री वातावरण बनाउँछौँ – मन्त्री लम्साल 

ZEN Travels

पर्वत-
प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश नं ४ मा लगानीमैत्री वातावरण निर्माण गरिने बताउनुभएको छ ।
पर्वत उद्योग वाणिज्य संघको आज आयोजित भेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले विगतमा कहिले द्वन्द्व त कहिले राजनीतिक अस्थिरताका कारण लगानीका अवसर गुमाउनुपरेको बताउँदै अबको समय भनेको आर्थिक समृद्धिको भएकाले लगानीमैत्री वातावरण बनाउनका लागि प्रदेश सरकार सक्रिय भएर लाग्ने बताउनुभयो ।
उहाँले प्रदेश सरकारले उचित किसिमको ऐन तथा नीति नियम निर्माण गर्ने बताउँदै त्यसपछि स्वदेशी उद्योगी, व्यवसायी तथा दातृ राष्ट्रहरू स्वतःस्फूर्तरूपमा लगानी गर्नका लागि आकर्षित हुने बताउनुभयो ।
उहाँले प्रदेश नं ४ ऊर्जा, वन र पर्यटनका लागि सबैभन्दा बढी सम्भावना भएको क्षेत्र भएको बताउँदै ११ वटै जिल्लालाई लाभ पुग्ने गरी सरकारले कार्ययोजना अघि बढाएको बताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला