पर्वत:बिष्णुधाम मन्दिर संरक्षणमा स्थानीय अग्रसर

ZEN Travels

पर्वत ।

पर्वतको शालिजा स्थित बिष्णुधाम मन्दिर संरक्षणमा स्थानीय जागरुक भएका छन् । मन्दिरको संरक्षण गर्न तीन रोपनी सार्वजनिक जग्गा तारबारमा स्थानिय लागिपरेका हुन् । गत जेठ १५ गतेबाट सुरु भएको सो कार्यमा स्थानीय युवा सहित गाउँलेहरु जुटेका छन् ।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय बाग्लुङले विनियोजन गरेको ८ लाखको आर्थिक सहयोगमा संरक्षण हुन लागेको हो । कम्पाउण्डको डिल भाग भत्कन थालेको र पहिरोले जग्गा बगाई बस्तीमा असर पार्न सक्ने भएपछि थप मर्मत संभार गर्न लागेको ईन्जिनियर अनिल कुमार मिश्रले बताउनुभयो ।

मन्दिर कम्पाउडमा स्वास्थय चौकी,कार्यक्रम सभाहल,धार्मिक बिष्णु धाम मन्दिर छ । दैनिक त्यहाँ सयौंको संख्यामा शालिजाबासी पुग्ने गरेको स्थानीय रामप्रसाद अधिकारीकोे भनाई छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला