अधिकारी बन्धु प्रतिष्ठानको केन्द्रिय सदस्यमा गोबिन्द अधिकारी

ZEN Travels

पर्वत ।
कश्यप गोत्रिय अधिकारी बंश प्रतिष्ठानको छैठौँ अधिबेशनबाट पर्वतका गोबिन्द अधिकारी केन्द्रिय सदस्य चयन भएका छन् । धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका प्रतिनिधीहरुले सामुहिक समर्थन गरेर अधिकारीलाई केन्द्रिय सदस्यमा प्रस्ताव गरेका थिए ।
झापामा सम्पन्न भएको केन्द्रिय अधिबेशनले अधिकारी केन्द्रिय सदस्य बनेका हुन् । झापामा शनिबार अधिबेशन सम्पन्न भएको छ । अधिकारी बन्धु प्रतिष्ठान पर्वतका उपाध्यक्ष समेत रहेका अधिकारी सर्वसहमत केन्द्रिय सदस्य बनेको जनाइएको छ । अधिकारी बन्धु प्रतिष्ठान पर्वतका अध्यक्ष हेमप्रसाद अधिकारी, कुश्मा नगर समितिका संयोजक लोकनाथ अधिकारी लगायतको नेतृत्वमा अधिबेशनमा भाग लिन टोली पुगेको थियो ।
अधिकारी बन्धु प्रतिष्ठानलाई देश व्यापी रुपमा बिस्तार गर्दै सम्पन्न भएको अधिबेशनले नयाँ कन्द्रिय समिति चयन गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले अधिकारी बन्धुहरुको हकहितको खोजी गर्नुपर्ने बताएका छन् । उक्त भेलामा जम्मा भएका बिभिन्न क्षेत्रमा आवद्ध रहेका अधिकारी बन्धुहरुले रचनात्मक कार्यमा बन्धुहरुलाई देश निर्माणको कार्यमा सहभागी गराउन राज्यको ध्यानाकर्षण गराएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला