‘दुर्घटना टार्न’ संसदमा मार्सल

ZEN Travels

अमृत सुवेदी
पोखरा ।
असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता भएपछि प्रदेश सरकारले मार्सल लगाएर संसदमा २ विधेयक पेस गरेको छ । बजेटअघि नै प्रदेश नामकरण माग गर्दै  कांग्रेसले आइतबार पटक–पटक सदन अवरुद्ध  गरेको थियो । आजको समाधाद राष्ट्रिय दैनिकमा यो समाचार छ ।
बजेट १ असारमा नल्याए संविधान पालना नहुने खतरा टार्न दुईतिहाई बहुमतको सरकारले प्रमुख प्रतिपक्षको अवरोधमा मर्यादापालक
प्रहरी (मार्सल) परिचालन गरेको हो । बजेट ल्याउन अपरिहार्य २ विधेयक पेस
गर्नैपर्ने कानुनी प्रावधान पालना गर्नुपर्ने दायित्व सरकारको थियो । त्यही दायित्व पूरा गर्न मार्सल लगाएर सरकारले विधेयक पेस ग¥यो ।
अर्थमन्त्री किरण गुरुङले प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको र प्रदेश वित्त व्यवस्थापन
सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पेस गरे । विधेयक पारित गर्नुभन्दा ७२ घन्टा अघि संसदमा पेस
भएको हुनुपर्ने कानुनी व्यवस्था छ । आइतबार ती विधेयक पेस नभएको भए ३१ गते पारित गर्न मिल्दैनथ्यो । ती पारित नहुँदा १ असारमा
बजेट ल्याउन मिल्दैनथ्यो । कांग्रेसले अवरोध गरेपछि संसद अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउनुपर्ने बाध्यता सरकारलाई हुन्थ्यो ।
संसदीय दुर्घटना हुनबाट जोगाउन सदनमा मार्सल लगाउनु परेको प्रतिक्रिया अर्थमन्त्री किरण गुरुङले दिएका छन् ।

कांग्रेसको अवरोध र नाराबाजीबीच मन्त्री विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे । मर्यादापालकको सहयोगमा विधेयक
उपर छलफलको प्रक्रिया पनि सरकारले पूरा गरेको छ । कांग्रेसले आइतबार २ पटकसम्म संसद अवरुद्ध गरेपछि राति ८ बजे बसेको
तेस्रोपटकको बैठकमा अवरोध र नाराबाजीबीच सरकारले मार्सल लगाएको हो । विधेयक पेस तथा छलफल गरेको छ । मन्त्रीले गरेको
प्रस्ताव आइतबारै पारित पनि भयो । अब विधेयकमाथि ७२ घन्टाभित्र संशोधन प्रस्ताव पेस गर्न समय दिइएको छ । आइतबार १ बजेका लागि संसद  डाकिएको थियो । तर कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि ४.५५ बजे मात्रै
सुरु भएको थियो ।

बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदले उठेर विरोध गरेका थिए । कांग्रेसले संसद अवरुद्ध गरेपछि संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई कार्यवाहक सभामुख सिर्जना शर्माले बोल्ने समय दिएकी थिइन् । नेपालीले कुनै पनि हालतमा नाम नटुंग्याएसम्म सदन चल्न नदिने धारणा राखे । संसद ल्याउन सरकारलाई सहयोग गर्ने तर पहिला दर्ता भएको विषयमाथि छलफलको पालो पहिला हुनुपर्ने माग कांग्रेसको छ ।
सभामुख सिर्जना शर्माले संसदको कार्यसूची अगाडि बढाउन लागेपछि कांग्रेसका सांसदले रोस्टममा नाराबाजीसहित अवरुद्ध गरेपछि आधा घन्टाका लागि स्थगित गरिएको

बैठक साढे ७ बजेमात्रै सुरु भएको थियो । दोस्रोपटकको बैठक पनि सुरु हुनेबित्तिकै कांग्रेसले उठेर विरोध जनाए । प्रतिपक्ष कांग्रेसले
उठाएको माग बजेट आइसकेपछि असार १० गते कार्यसूचीमा राख्ने सभामुख शर्माले जानकारी गराइन् । सभामुख शर्माले फेरि
कार्यसूचीअनुसार कारबाही अगाडि बढाउन लाग्दा कांग्रेसका सांसद रोस्टममा नाराबाजी गर्न पुगे । कांग्रेसको अवरोधपछि सत्तापक्षका
सांसदले उठेर नियमापत्तिसमेत गरेका थिए । नाराबाजी र धकेलाधकेल बढेपछि सभामुखले फेरि आधा घन्टाका लागि संसद स्थगित गरेकी
थिइन् । तेस्रो पटकको बैठकमा कांग्रेसको अवरोध र धकेलाधकेलाबीच विधेयक पेस गरेको हो ।
असार १ गते बजेट ल्याउनै पर्ने भएकाले त्यसपछिमात्रै नामकरणबारे छलफल गर्न असार १० गतेको समय दिइएको थियो । प्रतिपक्ष दल
कांग्रेसले भने पहिला दर्ता भएको विषयबारे पहिला छलफलमा ल्याउनुपर्ने अडान राखेको थियो । ‘यो विषयलाई थाती राखेर जातजातिलाई
यसैका नाममा उफ्रन दिनुहुन्न भन्ने हाम्रो मान्यता हो,’ कांग्रेसका सांसद कुमार खड्काले पत्रकारहरुसँग भने ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला