जापान फूकोओकामा सवैभन्दा ठूलो धनराशिको फुटसल, खुकुरी रनिङ कप २०१८ सम्पन्न ।

ZEN Travels

सुजन के.सी,जापान ।
जापान फूकोओकामा अहिले सम्मकै ठूलो धनराशिको फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

जापान फूकोओकामा सम्पन्न फुटसलको आयोजक खुकुरी एफ.सीले गरेको थियो । खुकुरी एफ.सीले सन् २०१७ देखि यो प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको छ ।

प्रतियोगितको प्रथम स्थानको हात क्योदाई सिजुओका एफ.सीले प्राप्त ग¥यो भने,दिृतिय स्थान तेन्ञीङ ल्याट्सले प्राप्त गर्न सफल भयो । प्रथमले ५ लाख र दिृतियले २ लाख प्राप्त गरेका छन् ।

सो फुटसल प्रतियोगितामा आयेजक सहित १७ वटा टिमको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा तेन्ञीङ ल्याट्सका खेलाडी सुदिर गुरुङ, बेस्ट पेलेयर हुन सफल भए । भने, क्योदाई सिजुओका एफ.सी खेलाडी सरोज थापा सर्बाधिक गोलकर्ता हुन सफल भएका छन् ।

सोही समूहका खेलाडी रोशन गुरुङ उत्कृष्ट किप्पर हुन सफल भएको आयोजक सदस्य मनोज आचार्यले जानकारी दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला