संसदीय समितिमा रहने सदस्यको नाम पाँच दिनभित्र बुझाउन संसदको निर्देशन

ZEN Travels

काठमाडौं ।

संघीय संसदका दुवै सदनले नियमावली पारित गरेपछि संसदीय समिति गठनको गृहकार्य सुरु भएको छ ।
दुवै संसदले सदस्यहरुलाई आफू बस्न चाहेको समितिको नाम सिफारिस गर्न निर्देशन दिएका हन् । प्रतिनिधिसभाले असार १ र राष्ट्रियसभाले ३ गतेभित्र सदस्यहरुलाई नाम बुझाउन सूचना जारी गरेका छन् ।

राष्ट्रियसभाले आइतबार र प्रतिनिधिसभाले हिजो सूचना निकालेका हुन् । संसदको सबै भन्दा ठूलो दल नेकपाले भोलिसम्म संसदीय दलमा नाम दिन तयारी गरेको छ ।
प्रतिनिधिसभामा १० राष्ट्रियसभामा चार र संयुक्त तीनवटा समिति रहने गरी नियमावली पारित भइसकेको छ ।
दलको उपस्थितिअनुसार प्रतिशतका आधारमा समितिमा सदस्य संख्या तोकिने संसद सचिवालयले जनाएको छ । एकजना मात्र सांसद भएका दलले भने इच्छाएको कुनै एक समितिमा मात्र बस्न पाउनेछन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला