४ महिना पहिल्यै सकियो चिर्दीखोला मोटरेबल पुल निमार्ण ।

ZEN Travels

पर्वत ।
फलेवास नगरपालिकामा निमार्ण भएको चिर्दीखोला मोटरेबल पुल आईतबार पूर्ण रुपमा निमार्ण सम्पन्न भएको छ । यो पुल निमार्ण सम्पन्न भई बुधबारदेखि यातायातका साधनहरु धमाधम चल्न थालेका छन् ।
निमार्णमा सक्रियता नदिने निमार्ण कम्पनिलाई निमार्ण कम्पनिले राम्रो उदाहारण दिएको छ । सञ्जीवनी बिध्यान्चल जेभिले सम्झौतामा तोकिएका मिति भन्दा चार महिना अगावै उक्त मोटरेबल फुल निमार्ण सम्पन्न गरेको छ ।
यो पुल हुँदै दक्षिण पर्वतका आधा दर्जन भन्दा बढि स्थानीय लाभान्बित भएका छन् । गत बर्षको असारमा सम्झैता लिई यो पुलले आगामी असोज मसान्तमा निमार्ण सकने सम्झैता गरको थियो ।
स्थानीय पूर्बाधार बिकास तथा कृषि सडक बिभागवाट मृत सञ्जीवनी बिध्यान्चल जेभिले कुल एक करोड ६७ लाखको बजेट बिनियोजनमा उक्त मोटरेबल पुल निमार्णको ठेक्का जिम्मा लिएको हो । उक्त क्षेत्रका घरगाउँमा उत्पादीत कृषि समाग्रीले राम्रो संग बजार पाउने अपेक्षा त्यहाँका नागरिकमा छ ।
निमार्ण कार्य समय अगवै सकिएको जिल्ला प्राबिधिक कार्यलय पर्वतका प्रमुख जगदीश शर्मालाई निमार्ण कम्पिनीले जनाएको छ ।
‘निरक्षणमा जाँदा मेटरेबल पुल निमार्णले मुहुर्त रुप लिएको थियो,‘ शर्माले भने,‘समय अबधि अगावै सम्पन्न भए पनि गुणस्तरीय छ ।’ बर्खाको समयमा पनि सहजरुपमा वारपार गर्न पुलले सहयोग गर्छ । यस्तै बिकासका काममा सवैको साथको अपेक्षा समेत गरेको शर्माले बताए । अन्य,ठाउँहरुमा समेत यस्तै निमार्णका कामहरु जारी छन् उनले भने,‘समयमा सक्न हामी निमार्ण व्यवसायीहरुलाई ताकेता गर्छौ ।
निमार्ण व्यवसायी चेतनारायण शर्मा ‘गोविन्द’ले पुलको सवै निमार्ण कार्य सम्पन्न भएको जानकारी दिए । उनका अनुसार यातायातका साधानहरु पुलको माध्यावाट चल्न सुरु गरेका छन् । व्यवसायी गोविन्दले भने,‘समयमा निमार्णको काम सकेमा मात्रै उपभोक्ताले बिकासको अनुभूती गर्छन् । कम्पनिले कुनै कसुर बाँकी नराखि काम गरेका कारण यसको आयू लाम छ ।’चिर्दीखोलामा निमार्ण सम्पन्न गरेको यो मेटरेबल पुल पक्की हो । यसको रक्षा र संरक्षण सवैले साथ दिनुपर्ने भनाई छ । पुल निमार्ण गर्दा प्राबिधिक सहयोग स्वीस बिकास एस.डी.स र स्थानीय सडक पुल सहयोग इकाईले गरेको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला