ट्रेड युनियन काँग्रेसको महाधिवेशन एक दिन लम्विने

ZEN Travels

काठमाडौं-

नेपाल ट्रेड युनियन काँग्रेसको काठमाडौमा जारी महाधिवेशन थप एक दिन लम्विने भएको छ । तीन दिनका लागि अस्ती सुरु भएर आज सकिने भनिएको महाधिवेशन भोली सम्म लम्याउने तयारी भएको युनियनका नेताहरुले जानकारी दिएका छन् ।

महाधिवेशनको तालिका अनुसार हिजो बन्द सत्र हुनु पर्ने भएपनि एक दिन ढिला गरी आज मात्र हुन लागेको छ ।
प्रतिनिधि विवादका कारण हिजो हुन नसकेकाले बन्दसत्र आज विहान आठ बजेदेखि सुरु गर्ने तय गरिएको थियो ।
आज दिनभरी बन्दसत्रमा छलफल र उम्मेदवारी दर्ता लगाएतका निर्वाचन प्रक्रिया सम्पन्न गरी भोली मतदान गर्ने तालिका बनाउन लागिएको छ ।

युनियनको छैटौँ महाधिवेशनबाट नेतृत्वमा पुग्नका लागि युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुष्कर आचार्यको छुट्टा छुट्टै प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिने भएको छ ।

दाहालले पार्टी सभापति शेरबहादुर देउवा पक्ष र आचार्यले बरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट उम्मेदवारी दिन लाग्नु भएको हो ।

१७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुने ट्रेड युनयिन काङग्रेसको महाधिवेशनका लागि देशभरबाट १४ सय प्रतिनिधि चयन भएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला