पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषण

ZEN Travels

पर्वत ।
सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्यमा अर्यालले कुनै पनि नेपाली अब उपचार नपाएर अकालमै मर्नु नपर्ने बताईन् ।
पर्वतलाई मूलुकको ४५ औं पूर्ण खोप सुनिश्ति जिल्ला घोषण समारोहमा बोल्दै उनले यस्तो बताईन् । उनले मूलुका हरेक नगर र गाउँपालिकामा सरकारले अब नयाँ आर्थिक बर्षबाट १५ सौयाको अस्पताल स्थापना गर्ने बताई्न । पर्वत जिल्ला म’ल’को ४५ औं पूर्ण खोप सुनिश्ति जिल्ला घोषण हुनु नेपाल सरकारको ठूलो उपलब्धी भएको बताईन् । सो अवसरमा बोल्दै अर्यालले खोप लगाउनु ११ बटा रोगवाट बाँच्नु रहेको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिन समेत आग्रह गरिन् ।
सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रमुख बिषेशज्ञ सुशिलनाथ पोख्रलले समग्रमा यो अभियान नसकिएको बताए । उनले भने,‘ अव जन्मने बच्चालाई समाय अनुसार लगाउने अर्को दायित्व आएको उल्लेख गरे । प्रतिनिधि सभाका सदस्य पद्म गिरिले स्वास्थ्य मानिसको ठूलो सम्पत्ति भएकोले स्वास्थयसेवामा तल्लीन स्वास्थ्यमर्कीलाई राज्यले सम्बोधन गर्ने बताए ।
वि.स ०७० असार ३१ मा लुङखु पहिलो पूर्ण खोप वडा घोषण भएको हो ।भने,राम्जा गत बैशाख ०८ गते पूर्ण खोप सुनिश्ति वडा घोषण भएको हो ।
कार्यक्रममा पर्वत जिल्लाका प्रमूख जिल्ला अधिकारी,जनप्रतिनिधि,स्वास्थय कार्यलयका प्रतिनिधि, राजनितिक दलका प्रमूख तथा प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए । भने,जिल्ला अस्पतालका प्रमूख बुद्धि बहादर थापा,स्वास्थ्य अधिकृत सजिना मर्हजन,स्वास्थ्यकर्मी यामप्रसाद शर्मा लगायतले बोलेका थिए ।
घोषण समारोह पूर्व ¥याली,बाजा गाजा,नारा सहित कुश्मा बजारको परिक्रमा भएको थियो ।जिल्ला स्थित सामूदायिक तथा निजि विद्यालयका विद्यार्थीहरुलाई नृत्य प्रस्तुतु गरे वापत प्रोत्साहन रकम ५ हजार,स्वास्थ्यकर्मीलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमूख मनोहर वि. पौडेलको अध्यक्षतामा कार्यक्रम समपन्न भएको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला