“नेपाली समुदाय यूएई को तेस्रो बार्षिकउत्सव तथा योग शिबिर सम्पन्न”

ZEN Travels

सचिन्द्र श्रेष्ठ,यूएई-

नेपाली समुदाय युएई (Nepalese Community UAE) को तेस्रो बार्षिकोउत्सब दुबई मा सम्पन्न हुनु का साथै केन्द्रिय कार्यसमिति पुन गठन गरियो ।

सामाजिक क्षेत्रमा व्याप्त विकृति,विसंगति, कुसंस्कार र राजनीतिक साठगाँठ को विरोधमा उत्रिएर त्यो समय परिस्थिति को माग र तपाईहरुको निस्वार्थ मानवीय साथले सात समुन्द्र पारी नेपाली नेपालीबीच एकता र मेलमिलाप को भावना जागृत गराउने,नेपाली समुदायको उत्थान र पहिचान को लागी कार्य गर्न सक्ने उत्तरदायी भूमिका निर्वाह गर्न सक्ने संस्थाको खोजि भइरहेको समयमा नेपाली समुदाय(Nepalese Community )को बृहत्तर अबधाराणाको विकासलाई मध्यनजर गर्दै आज भन्दा ३ वर्ष अघि मिति २०७२ जेष्ठ १९ गते (2 June 2015) मा नेपाली समुदाय यू ए ई बिदुर राउत कोअध्यक्षता ५ सस्थापक सदस्यहरु बाट कार्यसमिति स्थापना गरि ‘नेपाली समुदाय लाई एकता, संघर्ष र अवसरको रुपमा बिकाश गरौं’ भन्ने चाहाना र उद्देश्यका साथ यस संस्थाको स्थापना समाजिक संजाल मार्फत गरिएको थियो । विभिन्न समयमा

विभिन्न समाजिक, परोपकारी एबम मानबिय हकहितका कार्यहरु गर्दै आएको, यस निस्वार्थ र नाफारहित संस्थाले जाती, धर्म, वर्ण, क्षेत्र, सामाजिक, साँस्कृतिक आर्थिक, राजनीति र लैगिंक विभेदरहित यस संस्थाले विदेशमा रहेका सबै प्रबासिनेपालीहरु साथै स्वदेशमा रहेका सबै भुतपुर्ब प्रबासि नेपालीहरुलाई एकताको शुत्रमा बाड्दै २०७२ भदौ १८ गते( 4 September 2015 )मा बरदुबईको सिन्ध पन्जाब होटेलमा बिदुर राउत कोअध्यक्षता २५ सदस्य केन्द्रिय कर्यासमितीको स्वरुप बिस्तार गरेको थियो । गठनले नेपाली समुदाय स्थापना गर्नुको मुख्य कारण

यसलाई गैह्र राजनीतिक,गैह्र धार्मिक र गैह्र नाफामुलक संस्थाको रूपमा विकसित गर्ने, विशुद्ध समाजसेवाको भावनाले प्रवासमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सेवा पुर्याउनुको साथै कुनै पनि भूगोल जाती र वर्ग भन्दा माथी उठेर समस्त नेपाली नेपालीजन लाई एकताको सूत्रमा बाँध्ने अभिप्राय रहेकोमा संस्थाभित्र केहि सदस्यहरुले गूठबन्दी गरि समाजिक एबम मानबिय यस् पबित्र कार्यको नाममा प्रोपोगन्डा गर्ने, प्रचार मा मात्रै अँखा गाड्ने , आफ्नो ब्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि संस्थाको प्रयोग गरिदा मिति १६ डिसेम्बर २०१६ का

दिन नेपाली समुदाय युएई केन्द्रिय कार्यसमिति साथै सम्पुर्ण मातहातका बिभाग तथा इकाई समितिहरु बिगठन गरि अर्को व्यबस्था नहुन्जेल सम्मका लागी संस्थापक हरु बाट नै सामाजिक, परोपकारि एबम मानबिय कर्यहरु सम्पादन गरिदै गर्दा समय र परिस्थिति लाई मध्यनजर गर्दै स्वदेशि र परदेशि नेपाली बीच भाबनात्मक एकता जोड्न र बिदेशमा बस्ने नेपालीहरुको एउटाै लक्ष्य सामजिक र आर्थिक रुपमा समृद्ध बन्नुपर्छ र सबै नेपालीको स्तर बृद्धि र समस्या निराकरणका लागी वर दुबई को शुभयात्रा ट्राभल्स मा संस्थाको तेस्रो बार्षिकोउत्सब को अबसर मा शुभकामना आदन प्रदान गर्दै मिति २०७५ जेष्ठ १९गते (2nd June 2018)मा सम्पन्न भएको अधिबेशन तथा बार्सिकोत्सब ले बिदुर राउत को अध्यक्षतामा १३सदस्य केन्द्रिय कार्यसमिति पुन गठन गरिएको छ जसमा क्रमसः अध्यक्ष: बिदुर राउत , उपाध्यक्ष:अमीत साप्कोटा , महासचिव: राजन टिमल्सिना , कोषाध्यक्ष: सचिन्द्र श्रेष्ठ , सचिब: रमेश थापा , सदस्यहरु मा धन राज गुरुङ , लक्ष्मण पौडेल,माधब अधिकारी र रुपेश थापा मगर साथै सल्लाहकार हरुमा कबिन्द्र सापकोटा , राज गुरवाचार्या, गोविन्द थापा र राजाराम बस्नेत रहनु भएको छ ।

६ महिना भित्र युएईमा रहेका जम्मा जम्मी संख्या को १% को पनि १% रहने गरि केन्द्रिय कार्यसमिती बिस्तार गरिनु का साथै युएईमा रहेका १% नेपालीहरु लाई १ बर्षमा सदस्य बनाउने लक्षय लिएर समाज सेवाको पवित्र कार्यमा सबै प्रवासी समाजसेवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा राष्ट्रीय प्रेमभाव,मानवीय सेवाभाव बाट उत्प्रेरित हुदै सच्चा समाजसेवीको भुमिका निर्वाह गर्दै अघि बढौं भनि अपिल गर्दै प्रबाशी नेपालीहरुको आवश्यक हरेक समस्यालाई केन्द्रबिन्दु मानेर हरक्षेत्रबाट हरसम्भव सहयोग गर्न सदस्य समिती बिस्तार गरेको र राजनैतिक, अनियमिता, सनातन सोचरहित अन्तरास्ट्रिय रूपमा संस्था बिस्तार गरि काम गर्ने उद्धेश्य समेत रहेको राउत ले बताउनु भयो

उक्त कार्यक्रममा नेपाल देखि पाल्नु भएका गुरु योगी प्रकाश ज्यु ले योग को महत्व, आवश्यकताका बारेमा १ दिने शिबिर समेत गरिएको थियो । सो कार्यकम बिदुर राउत को अध्यक्षता एबं सचिन्द्र श्रेस्ठको संचालनमा भएको थियो।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला