उद्घाटन खेलमा रसिया ५-० गाेलकाे अन्तरले विजयी, थपिएकाे ३ मिनेटमा २ गाेल!

ZEN Travels

विश्वकप फुटबल २०१८ को उद्घाट्न खेलमा आयोजक राष्ट्र रसियाले साउदी अरेवीयालाई ५- ० गोल अन्तरले पराजित गर्दै राम्रो सुरुवात गरेको छ।

उद्घाटन खेलको पहिलो हाफको १२ मिनेटमै युरी गाजेन्स्कीले गोल गरेर एक सून्यको अग्रता लिएका थिए।

अधिकांश समय विपक्षी टिमका खेलाडीलाई दबाबमा राख्न सफल रसियाका खेलाडीमध्ये डेनिस चेरिस्सेभले ४३औं मिनेटमा दोस्रो गोल गरेर गोल अन्तरलाई दोब्बर बनाए।

हाफ टाइम अगाडि दुई मिनेटको समय थप भएको छ।

दोस्रो हाफको खेलमा साउदी अरेवीयाले एक पटक राम्रो गोल गर्ने अवसर गुमाएको थियो।

तर खेलको ७३औँ मिनेटमा रसियाका आर्तेम ज्युवाले तेस्रो गोल गर्दै रसियाको जित सुनिश्चित गरेका थिए।

९० मिनेटपछि तीन मिनेट थप गरिएको थियो। थपिएको अतिरिक्त समयमा रसियाका डेनिसले दोस्रो गोल गर्दै चार जिरोको अन्तर बनाएका थिए।

चाैथाे गाेल भएकाे एक मिनेट पनि नपुग्दै अलेक्सान्द्र गाेलाेभिनले पाँचाैँ गाेल गर्दै रसियालार्इ उत्साह प्रदान गरे भने साउदी अरेवीयाका समर्थक निराश बन्न पुगे।

सन् २०१८ को विश्वकपमा पहिलो गोल गर्न रूसी खेलाडी इयुरी गाजिन्स्की सफल

साउदी अरबले चलाएको बलसँगै खेलको उद्घाटन भएको हो । भने खेलमा रूसले पहिलो गोल गरी आफूलाई प्रभावशाली समूहको रूपमा प्रस्तुत गरेको छ।

पहिलो गोल गर्न ३२ वर्षीय रूसी खेलाडी इयुरी गाजिन्स्की सफल भए। उनले पहिलो हाफको १२ मिनेटभित्रै गोल गर्न सफल भएका थिए।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला