“नेपाली समुदाय यूएई ले आपसी सदभाव का साथ रमाजन पर्व मनायो “

ZEN Travels

सचिन्द्र श्रेष्ठ, यूएई-

नेपाली समुदायले बिभिन्न मानवीय परोपकरी कार्यगरी मुस्लिम धर्मावलम्बीको महान पर्व रमाजान सम्पन्न गर्यो ।

‘शरीर र आत्माको मुल्यांकन द्वारा सवाप अर्थात अल्लाहको निगाह बाट पुण्य प्राप्ति हुनेआस्था र मान्यताको साथ सेहेरी देखि सुर्यास्त सम्म को ३० दिने निराहार ब्रत (रोजा) पश्चात, धनी वर्गले गरिब र दीनदुखीहरुलाई समेत खुवाउनु, दान दिनु र प्रेम बाड्नु अनि आफ्ना दुष्कर्म प्रति पश्चाताप गर्दै रोजा ब्रत बाट शरीर र आत्मा शुद्धिकरण गरि मोक्ष प्राप्ति गर्नु जस्ता भाव रहेको फित्रना, जाकत र सवापको इस्लाम सांस्कृतिक महत्व संगै सामाजिक, मानवीय र बैज्ञानिक दृष्टिकोणले भरिपुर्ण यस पर्व आफैमा महान छ ।

यस् बर्षको रमजान सुरु भए लगतै दुबईको प्राईभेट टेलिकम कम्पनी डू र तालेहाम च्यारिटी फाउन्डेसनसँग सहकार्य गरि लगातार स्वयमसेवकको भूमिका निर्वाह गरि युएई का विभिन्न कम आयाश्रोत भयका बिपन्न परिवर लाई निःशुल्क खाना सामाग्री बितरण कार्यक्रममा स्वयंसेवकको सहयोगी भूमिका निर्वाह गरि युएईमा नेपालीहरुले मानबिय तथा सहयोगी भावना उच्च बनाउने कार्य गर्यो। यस संगै बिगत का वर्ष मा झै यस वर्ष पनि नेपाली समुदाय युएईले दुबई को डिआपी-२ मा श्रर्मिक क्याम्प मा रहेकोे नवाज पढ्ने ठाँउ मा विभिन्न देश का रोजा मा बसेका २००जना श्रर्मिकहरु सगै सामुहिक इफ्तारी खुवाईएको थियो । यसरी नेपाली समुदाय स्थापना काल देखी बर्सेनि यस्ता कार्यक्रमहरु को आयोजना गर्दै आई रहेको छ ।

नेपालमा सन् २०१५ मा महाभुकम्प गएको बर्ष काठमाडौंमा रहेको जामे मस्जिदमा करिब चार सय साठी जना रोजा बसेका मुस्लिम समुदायलाई एक दिनको ईफ्तारी (खाना) खुवाएको थियो त्यसैगरि सन् २०१६ मा युएईको दुबई नुजोल क्याम्प स्थित मस्जिदमा रोजा बसेका मुस्लिम समुदायलाई एक दिनको ईफ्तारी (खाना) खुवाईएको थियो ।

यस संगै सम्पूर्ण बिश्व समाज हिँसा र अराजकताले व्याप्त बनिरहेको परिवेशमा परस्पर साम्प्रदायिक सदभाव ,धार्मिक सहिष्णुता ,मानवता र भाईचाराको बिश्वब्यापी संम्बन्ध स्थापीत गर्दै समतामुलक, शान्त र साझा बिश्व समुदाय निर्माणको अपरिहार्यता रहेको संदेश प्रवाह गर्न नेपाली समुदायले अग्रणी भूमिका निर्वाह गरेको अध्यक्ष बिदुर राउत ले बताउनु भयो।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला