आज राष्ट्रिय सभा सदस्यको भाग्य जाँचिने

ZEN Travels

.काठमाडौं-

राष्ट्रिय सभा सदस्यको पदावधि तय गर्न आज गोलाप्रथा गर्न लागिएको छ । राष्ट्रिय सभाका ५९ सदस्यको कार्यावधि गोलाप्रथाद्वारा २, ४ र ६ मध्ये कति वर्ष हुने भन्ने टुंगो लगाउने व्यवस्था संविधानको धारा ८६ मा गरिएको छ ।

गोलाप्रथाद्वारा सदस्यको पदावधि तोकिने हुँदा राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, राष्ट्रिय सभा सदस्यमा मनोनीत भई मन्त्री बनेका अर्थमन्त्री डा. युवराज खतिवडा र गृहमन्त्री रामबहाुदर थापाको पदावधि पनि आज निर्धारण हुनेछ ।

उहाँको पदावधि गोलाप्रथा मार्फत् दुई बर्षे राष्ट्रिय सभा सदस्य भएमा उहाँहरुको अध्यक्ष, उपाध्यक्ष र मन्त्रीको पदावधि पनि दुई बर्षे हुनेछ । संघिय संसद भवनमा विहान साढे ११ बजे हुने गोलाप्रथाबाट दुई बर्षे कार्यकाल तय भएमा मन्त्रीद्धय खतिवडा र थापाको मन्त्री पद दुई बर्षपछि स्वतः खरेज हुने छ ।

गोलाप्रथा छनोट गर्न सचिवालयले सेतो कागजमा रातो अक्षरमा दुई, चार र ६ वर्ष लेखेर चिट तयार पारेको छ । सो कागजलाई बट्टाभित्र बन्द गर्ने र यसपछि सांसदलाई झिक्न लगाई कार्यकाल निर्धारणको विधि तयार भएको छ ।
गोलाप्रथा विधिद्वारा राष्ट्रिय सभाका ५९ सदस्यमध्ये १९ जनाको दुई वर्ष २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष पदावधि कायम हुनेछ ।

बट्टामा राखिएको गोला वर्णानुक्रमअनुसार सांसदहरूलाई बोलाएर झिक्न लगाउने र सांसदले लिएको गोला संसद् सचिवालयका महासचिव वा उहाँले तोकेको प्रतिनिधिले खोलेर देखाउने व्यवस्था छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला