को हुन् उपेन्द्र देवकोटा ?

ZEN Travels

काठमाडौं ।

प्रख्यात न्युरो सर्जन प्राध्यापक डा उपेन्द्रप्रसाद देवकोटाको सोमबार साँझ निधन भएको छ। पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको आफैले स्थापना गरेको बाँसवारीस्थित न्युरो अस्पताल (नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एप्लाइड साइन्स) को सघन उपचार कक्षमा सोमबार साँझ पाँच बजेर पैंतिस मिनेटमा निधन भएको हो।

को हुन् उनी ?
जन्म : २०१० पुस ४
निधन : २०७५ असार ४
एमबीबीएस उत्तीर्ण : २०३० साल
वीर अस्पतालमा सेवा सुरु : २०३१ साल
वीर अस्पतालमा न्युरो सर्जरी वार्ड स्थापना : २०३८
न्युरो सर्जरीमा एफआरसीएस गर्न बेलायत प्रस्थान : २०४०
न्युरो सर्जरीमा दक्षता हासिल गरी स्वदेश फर्किएर वीरमै सेवा सुरु : २०४७
स्वास्थ्य मन्त्री : २०५९ असोज २५

०७४ कात्तिक ३० गते राधिका बस्नेतको ब्रेन ट्युमरको शल्यक्रिया गरेका थिए, जुन उनको अन्तिम शल्यक्रिया थियो। मंसिर पहिलो साता स्वास्थ्य समस्या देखिएपछि मंसिर ५ गते उनी बेलायतको किंग्स अस्पतालमा भर्ना भएका थिए।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला