शिल्पा स्टारर फिल्म ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक (भिडियो)

ZEN Travels

काठमाडौं ।

अभिनेत्री शिल्पा पोखरेल स्टारर फिल्म ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक भएको छ ।

साइराम पिक्चर्सको युट्युब च्यानलबाट निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । फिल्ममा शिल्पा पोखरेल, अनुम विक्रम शाही, पृथ्वीराज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोइराला, प्रिया रिजाल लगायतको अभिनय देख्न पाइन्छ । फिल्ममा घोडा र बाँदरको पनि फिचरिङ रहेको छ । फिल्म असार २९ बाट प्रदर्शनमा आउँदैछ ।

महिला सशस्त्र प्रहरीको विरतामा आधारित फिल्म वीराङ्गना लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको फिल्म हो । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्टले निर्माण गरेका हुन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला