विश्वकप फुटबलमा मंगलबार तीन खेल, यस्तो छ तालिका

ZEN Travels

काठमाडौं ।

विश्पकप फुटबलमा मंगलबार तीन खेल हुँदैछन् । मंगलबार पहिलो चरणका सबै खेल सकिने छन् र दोस्रो चरणको खेलल पनि सुरु हुनेछ ।

समुह एच को खेलमा कोलम्बियाले जापानसंग खेल्नेछ । यो खेल साँझ ५ः४५ बजे सुरु हुनेछ । त्यसैगरी ८ः४५ बजे पोल्याण्डले सेनेगल संग खेल्नेछ ।

यी खेलपछि पहिलो चरणको खेल सकिने छ । मंगलबार राति नै दोस्रो चरणको खेल सुरु हुनेछ ।

दोस्रो चरणको पहिलो खेलमा राति ११ः४५ बजे रुसले इजिप्टसंग खेल्नेछ । पहिलो खेलमा रुसले साउदी अरेबियालाई ५–० ले हराएको थियो भने इजिप्ट उरुग्वेसंग १–० ले पराजित भएको थियो ।

यो खेलमा विजयी हुँदा रुस अर्को चरणमा पुग्ने लगभग पक्का हुनेछ भने हारले इजिप्ट बाहिरिने पक्का जस्तै हुनेछ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला