एनसिसिको ४५ औं जुनियर ब्याच प्रथम प्रवचन आर्दश मावि कुश्मामा शुरु,निकट भबिष्यमा नासा बैज्ञानिक कक्ष सञ्चालनको तयारी ।

ZEN Travels

कुश्मा पर्वत ।
राष्ट्रियसेवा दल एनसिसिको ४५ औं जुनियर ब्याच डिभिजन तालिम अन्तर्गतको प्रथम प्रवचन मंगलबारबाट आर्दश माध्यामिक विद्यालय कुश्मामा शुरु भएको छ । १०० दिन सम्म हुने एनसिसिको ४५ औं जुनियर ब्याच आगमी मंसिर २६ गते सम्म विद्यालयमा सञ्चालन हुने र बाँकी २१ दिनको तालिम चितवनमा सञ्चालन हुने छ ।
सो अवसरमा एनसिसि आर्दशका ४२ औं र ४३ औं ब्याचका बिद्याथीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरिएको हो । ४५ औं जुनियर ब्याच प्रथम प्रवचनका अवसरमा बोल्दै प्रमूख अतिथि नगर उपप्रमूख सीता काफ्ले लामिछानेले कार्यक्रम स्तम्भको चर्चा गरिन् । उनले कुनै पनि ब्यक्ति समाजको उच्च स्थान र श्रेणीमा पुग्न अनुशासन चाहिने हुँदा एनसिसिले त्यसको पूर्ण ज्ञान र अभ्यास दिने बताईन् । उनले योे अभ्यास सवै विद्यालयले गरेमा उत्कृष्ट,सरल,सक्षम र राष्ट्रसेवक नागरीक मूलुकले उत्पादन गर्न सकेन बताईन् । सो ब्याच डिभिजनको प्रथम प्रवचन गर्दै केवल जगं गुल्म पर्वतका सेनानी गुल्मपति शिव प्रसाद पौडेलले यूवाहरुमा नेतृत्वको जागरण गर्न यो अभियान शुरु भएको बताए । ब्याचवाट तालिम प्राप्त गरेका विद्यार्थी सदस्यहरु बिपद् ब्यवस्थापनका खम्वा हुने सुनाए । उनले प्रवचन दिदै यसको जुनियर र सिनियर २ चरण नेपालका ७७ वटा जिल्लाका विद्यालयले अंगालेको बताए ।
एनसिसि ब्याच ४२ औं,४३ औं र ४५ औं अभ्यासका विद्यार्थी सदस्य एवम उपस्थित अतिथिलाई स्वागत गर्दै प्रिन्सिपल हिम बहादुर पौडेलले विद्यार्थीको नेतृत्व विकास गर्न यो जस्तै अन्य बिभिन्न अतिरिक्त क्रियाकलाप आर्दश माविले सञ्चालन गरेको बताए । उनले निकट महिनामा आर्दश माध्यामिक विद्यालयमा नासा अन्तराष्ट्रिय बैज्ञानिक अध्यान कक्ष स्थापना गर्न विद्यालय परिवार लागेको जनाए ।
राष्ट्रियसेवा दल एनसिसिको ४५ औं जुनियर ब्याच प्रथम प्रवचनमा जिल्ला शिक्षा बिकास तथा समन्वयका प्रमूख उद्धिमराज पौडेल,प्रहरी नायव उपरिक्षक दिलिप घिमिरे,शिक्षाविद् बसन्त बहादुर सि.के,पर्वत उद्योग बाण्ज्यि संघका अध्यक्ष केदारनाथ शर्मा,सहिद स्मारक अंग्रेजी आवसिय माध्यामिक विद्यालयका प्रिन्सिपल केशवराज पूरी लागायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक कमल थापाले गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला