आत्मघाती गाेलले इजिप्ट स‌ंकटमा, सलाहकाे गाेलपछि रसिया ३-१ गोलले अगाडि

ZEN Travels

आफ्नै क्याप्टेन फाथीको आत्मघाती घोलले एक सून्यले पछि परेको इजिप्ट दोस्रो हाफको १७ मिनेट पनि नहुँदै रसियासँग तीन सून्य गोल अन्तरले पछि पर्यो।

आयोजक राष्ट्र रसियाको खेल राम्रो देखाएपनि गोल गर्न नसकेपछि मो सलाहको भरमा मैदानमा उत्रिएको दफ्रिकी मुलुक इजिप्टको विश्वकप यात्रा लिग चरणबाटै पूर्णविराम लाग्ने सम्भावना अघिक बनेको छ।

खेलको ७३औं मिनेटमा डिवक्सभित्र लड्न पुगेका मो सलाहले पाएको पेनाल्टी सुटआउटमा उनले कुनै गल्ती नगरी विश्वकप खेलमा पहिलो गोल गरेर रसियासँगको अन्तर तीन एक गोल बनाए।

अबको १० मिनेटभित्र इजिप्टले रसियाविरुद्ध कम्तिमा २ गोल फर्काएन भने उसका लागि यसपटकको विश्वकप खेल औपचारिकताका लागि साउदी अरेवियासँग मात्रै खेलेर घर फर्किने छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला