स्याङजामा गोलाप्रथाबाट व्यवसायीको नेतृत्व छनौट

ZEN Travels

प्रकाश डोटेल
स्याङ्जा ।

स्याङ्जाको नगरस्तरीय वालिङ उद्योग वाणिज्य संघको नेतृत्व गोलाप्रथाबाट छनौट गरिएको छ । नेपाली का“ग्रेस निकट र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट व्यवसायीहरु चुनावी मैदानमा जा“दा आफ्नो नेतृत्व गुम्ने त्रास देखिएपछि दलिय सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्व छनौट गरिएको हो ।

संघको १५ औं साधारणसभा तथा ७ औं अधिबेशनको उद्घाटनस“गै चुनावी मैदानमा होमिन लागेका व्यवसायीलाई दलिय सहमतिमा बनेको कार्यदलको निर्णयबाट गोले (गोला प्रथाबाट छानिएको) नेतृत्व बनाएको हो । गोलाबाट नेकपा निकटका व्यवसायी शोभाकान्त पौडेल अध्यक्षमा चयन भएका हुन् । उनी संघको निवर्तमान अध्यक्ष समेत थिए ।

गोलाबाट नेतृत्व चयन गर्दा अध्यक्ष पाउनेले अध्यक्ष सहित ७ सदस्य र वरिष्ठ उपाध्यक्ष पाउनेले वरिष्ठ सहित ९ सदस्य लिने दलिय सहमति भएको थियो । दलिय सहमतिका आधारमा का“ग्रेस निकटका व्यवसायी अर्जुन खनाल वरिष्ठ उपाध्यक्ष बन्न सफल भएका छन् ।

संघको उपाध्यक्षमा गिरमान गुरुङ्, महासचिवमा केशरबहादुर खा“ण (धुब्र्र), सचिवमा पदमराज गुरुङ्, कोषाध्यक्षमा तारा श्रेष्ठ र सह–कोषाध्यक्षमा चक्रबन्धु रेग्मी छनौट भएका छन् । अध्यक्ष पक्षले उपाध्यक्ष र कोषाध्यक्ष पाउ“दा वरिष्ठ उपाध्यक्ष पक्षले महासचिव, सचिव र सह–कोषाध्यक्ष जस्तो महत्वपूर्ण पद पाउन सफल भए ।

जिल्लामै पहिलो पटक गोलाप्रथाबाट व्यवसायीको नेतृत्व छनौट हु“दा नेकपाबाट अनुपमा तिवारी, रमेश अर्याल, युवराज आले र टीकाराम लु“ईटेल सदस्य बन्न सफल बन्दा का“ग्रेसबाट कविता भुषाल, खुमबहादुर थापा, गोविन्द तिवारी, ईश्वरी गैह्रे र सञ्जय श्रेष्ठ सदस्य बन्न सफल भएका छन् ।

स्थापनादेखि का“ग्रेस निकटका व्यवसायीको नेतृत्व रहेको संघको अघिल्लो निर्वाचनबाट वामपन्थी हाबी भएको हो । कार्यसमितिको परामर्शमा अध्यक्षले दुबै दल निकटका व्यवसायीबाट दुई÷दुई सदस्य मनोनित गर्ने समेत सहमति भईसकेको बताईएको छ । संघमा वालिङ क्षेत्रका करिब १ हजार साधारण सदस्य रहको संघका कार्यालय सचिव बाबुराम रेग्मीले जानकारी दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला