अमेरिकामा देह व्यापार भण्डाफोर

ZEN Travels

एजेन्सी।

तेलुगू फिल्मका निर्माता र उनकी श्रीमतीलाई अमेरिकाको शिकागो सहरमा सेक्स रकेट संचालन गरेको अभियोगमा पक्राउ गरिएको छ। उनीहरु दुवै मिलेर यौन धन्दा संचालन गरेको आरोप लागेको छ। ३४ वर्षीय फिल्म निर्माता किशन मोदुगुमुडी र उनकी श्रीमतीले कन्नड र टलिउड अभिनेत्रीलाई अमेरिकामा आयोजना हुने कार्यक्रमकालागि बोलाउँथे र उनीहरुलाई देह व्यापारको धन्दामा लगाउँथे। यो विषयमा एक चर्चित अभिनेत्रीलाई विमानस्थलमा कडा सोधपुछ गरिएको छ।

भारतीय संचारमाध्यमका अनुसार यी दुवै श्रीमान श्रीमतीले फिल्म क्षेत्रका महिला कालाकारलाई भारतीय सम्मेलन र सांस्कृतिक कार्यक्रममा अमेरिका लैजान्थे ताकि उनीहरुकालागि राम्रो पैसा दिन सक्ने ग्राहक खोज्न सकियोस्। यो सेक्स रकेटको भण्डाफोर भएपछि अमेरिकी एजेन्सी निकै सतर्क भएको छ। दक्षिण भारतीय फिल्मका अभिनेत्री यो सेक्स रकेटसँग जोडिएको हुन सक्ने सार्वजनिक भएपछि अमेरिकी जाँच एजेन्सीले निकै सोधपुछ गरेका छन्। यही कारण तमिलकी चर्चित नायिका मेहरीन पिरजादाले असहज स्थितिको सामना गर्नु परेको छ।

फिल्म ‘पंथम’ को शुटिङ पूरा गरेर आफ्ना परिवारका सदस्यसँग भेटघाट गर्न अमेरिका पुगेकी मेहरीनलाई अमेरिकी अधिकारीले विमानस्थलमा नै रोकेका थिए। उनी तेलुगू फिल्मकी अभिनेत्री भएको थाहा पाएपछि उनलाई आधा घण्टा भन्दा बढी समय सोधपुछ गरिएको थियो।
यूएस डिर्पाटमेन्ट एण्ड होमल्याण्डका अधिकारीले मेहरीनसँग किनै बरे सोधपुछ गरेका थिए। उनले आफूमाथि गरिएको व्यवहारले दुखी बनाएको बताइन्। उनले आफू परिवारका सदस्यसँग भेटन बेला बेलामा अमेरिका जाने गरेको र आफूलाई सेक्स रकेटका विषयमा कुनै जानकारी नभएको बताइन्।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला