कुश्माकाे गुनासाेः शिक्षा क्षेत्रमा कम बजेट छुट्याइयाे

ZEN Travels

पर्वत-

कुश्मा नगरपालिकाले आर्थिक बर्ष ०७४-७५मा नगर शिक्षाको क्षेत्रमा न्यून बजेट छुट्टाएको सरोकालवालहरुले गुनासो गरेका छन् ।

नगरपालिकाले शिक्षाको क्षेत्रमा प्रयाप्त मात्रमा रकम नछुटाउँदा शिक्षा क्षेत्रले उपलब्धी गर्न नसकेको औंलाए । उनीहरुले शिक्षा बिकासको मूल आधार प्रयाप्त बजेट रहेको सुनाए् । कुश्मा नगरपालिका नगरशिक्षा शाखाले बिहिबार आयोजना गरेको सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

प्रमूख अतिथि मेयर रामचन्द्र जोशिले बोल्दै शिक्षाको गुणस्तर सुधार्न बजेट अपुग भन्न नहुने बताए । उनले शैक्षिक क्षेत्र सुधार्न विद्यालय व्यवस्थापन समिति,शिक्षक,विद्यार्थीको बिचमा त्रिकोणत्मक सम्बन्ध आवश्यक रहेको बताए ।

कार्यक्रमका अवसरमा बिशिष्ट अतिथि उपमेयर सीता काफ्लले लामिछाने र नगरपालिकाका प्रशासकीय अधिकृत सुवास कुमार लामिछानेले शिक्षाको गुणस्तरीयता सुधार्न विद्यालय व्यवस्थापन समिति र शिक्षकमा कुशल लिडरसिप आवश्यक रहेको ठहर गरे ।

आर्थिक बर्ष ०७४-७५मा कुश्मा नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजि विद्यालयको मुल्याङ्गकनदरा उत्कृष्टता प्राप्त गरेका विद्यालय व्यवस्थापन समिति,शिक्षक, विद्यार्थी र नगरभित्रका साहित्यकारहरुलाई सम्मान गरेको हो । सम्मान हुनेमा गत बर्ष कक्षा ८ को परिक्षामा नगरभित्र प्रथम सामूदायिक विद्यालयका छात्र नारायण माविका राजिब सुवेदी,काफलचौर माविका छात्रा सावित्रि पौडेल सम्मानित भए ।

संस्थागत तर्फ उत्कृष्ट राष्ट्रियबाल वोडिङका छात्र पंकज रिमाल र आर्दश माविका छात्रा सज्जा रेग्मी पुरस्कृत भएका थिए । यस्तै नेपाली साहित्यको क्षेत्रमा योग्दाना पुर्‍याए वापत् सरल कवि शान्तिनारायण श्रेष्ठ र ईन्द्र कुमार बिकल्पलाई सम्मान गरिएको थियो ।त्यस्तै नगरपालिकाको शिक्षमा योग्दान पुर्‍याए वापत् तेयानाथ चालिसेलाई सम्मान गरिएको थियो ।

सो अवसरमा उत्कृष्ट अभ्यास र नमूना कार्यको थाल्नी गर्ने विद्यालय मध्यवाट खरेहा प्रावि,पञ्चकोषि मावि,नारायण मावि,शिवालय मावि,हिमालय मावि,सार्वजनिक मावि,नूवार सुवेदीधर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअलाई सम्मान गरिएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला