पर्वत :हातेमालो अभियानबाट ब्लड क्यान्सर पीडित गौतमलाई आर्थिक सहयोग

ZEN Travels

पर्वत ।

ब्लड क्यान्सर पीडित बालक अर्जुन गौतमलाई ३४ हजार बढी रकम सहयोग हस्तान्तरण गरिएको छ ।
सकारात्मक परिवर्तनका लागि हातेमालो अभियान–नेपालका अमेरिका संयोजक इन्दुराज रेग्मी, सुनिल पौडेल तथा रमेश सुवेदीको संयुक्त प्रयासमा संकलित सो रकम एक कार्यक्रममा बीच विहिबार कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीबाट हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा पीडितका दाजु गणेश गौतमलाई प्रमुख जोशीले ३४२०८।– रुपैंया हस्तान्तरण गरेका थिए ।
१४ वर्षे बालक अर्जुन गौतमलाई ब्लड क्यान्सर भएपछि सहयोगी संस्थाहरु पर्वत सेवा समाज, सिसेफ नेपाल, एकता युवा क्लव लगायतका संघसंस्थाहरुको पहलमा देश तथा विदेशबाट संकलित रकम हस्तान्तरण गरिँदै आएको छ । जिल्लाका क्रियाशील अन्य सामाजिक संघसंस्थाहरुले पनि पीडितलाई सहयोग हस्तान्तरण गरिनै रहेका छन् । पीडितको हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
रोजगारको शिलशिलामा अमेरिका बस्दै आएका आशिश पौडेल (कुश्मा खरेहा) ३०, सुमन श्रेष्ठ (कुश्मा खरेहा) २५, राजन पौडेल (कुश्मा) २५, सुनिल पौडेल (कुश्मा खरेहा) ३५, सुरज क्षेत्री (कुश्मा खरेहा) २५, प्रकाश शर्मा (कुश्मा ) २५, महेश गौतम (वा.न.पा.) २५, सन्तोष शर्मा (कुश्मा खरेहा) २५, फुलमान तामाङ (नुवाकोट) २५, रमेश सुवेदी (कुश्मा, पाङ) २५, राम्जी पौडेल (बागलुङ) २५, इन्दुराज रेग्मी (कुश्मा २ खुर्कोट) ३० अमेरिकी डलर सहयोग गरेका हुन् ।
समाजमा भएका नकारात्मक पक्षलाई निस्तेज पार्दै समाजलाई सकारात्मक परिवर्तन उन्मुख बनाउने उद्देश्य राखेको अभियानले मानवीय सेवाका अतिरिक्त विकास र समृद्धिका विषयमा वहस, अन्तरक्रिया, भेला लगायत कार्यहरु गर्ने जनाएको छ ।
सकारात्मक परिवर्तनका लागि हातेमालो अभियान–नेपालका प्रत्येक सदस्यले मासिक १ सय रुपैंया अभियानको कोषमा जम्मा गर्ने गरेको छन् । अभियान वैशाखबाट शुरु भएको हो । यस अघि अभियानमार्फत खुर्कोटका मेरुदण्ड पीडितलाई १ लाख ५ हजार, बागलुङका मेरुदण्ड पीडितलाई २ लाख २ रुपैंया यस वितरण गरिएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला