नेपाल र चीनबीच विभिन्न १४ विषयका सम्झौतामा हस्ताक्षर

ZEN Travels

काठमाडौं-

नेपाल र चीनबीच विभिन्न १४ विषयका सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तेस्रो दिन आज ग्रेट हल अफ दि पिपुल्समा विभिन्न सम्झौता भएका छन् ।
रेलवे र कार्गो ट्रान्सपोर्टमा रघुविर महासेठ र चिनियाँ उप विदेशमन्त्री कङ वान युले हस्ताक्षर गर्नुभयो ।
यस्तै, दुईवटा मैत्री पुल पुनर्निर्माण सम्बन्धि सम्झौतामा परराष्ट्र सचिव शंकरदास वैरागी र उपविदेशमन्त्री कङले हस्ताक्षर गर्नुभयो ।
ऊर्जामा आर्थिक र प्राविधिक साझेदारी सम्बन्धि सम्झौतामा उर्जामन्त्री वर्षमान पुन र उप विदेशमन्त्री कङले हस्ताक्षर गर्नुभएको छ ।
यस्तै, तिब्बतको राजमार्ग नेपालले प्रयोग गर्न पाउने सम्झौतामा समेत हस्ताक्षर भएको छ ।

नेपालको स्वतन्त्र सामाजिक व्यवस्थालाई चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै, नेपालले पनि एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याएको छ । साथै नेपाली भूमीमा चीन बिरोधि गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको छ ।
काठमाडौँसम्म रेल्वे सेवा विस्तार गर्न दुवै देश सहमत भएका छन् । पारवहनका लागि खासा नाकालाई प्रयोग गर्ने पनि समझदारी भएको छ । ‘ट्रान्स हिमालय कनेक्टिभिटी’ को कामलाई गति दिन दुवै देश सहमत भएका छन् ।
व्यापार र लगानीमा केन्द्रीय र स्थानीय सरकारसँग मिलेर काम गर्ने सम्झौता भएको छ । चीनले पहिलो चीन आयात निर्यात मेलामा नेपाललाई आमन्त्रण गरेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला