मातृ भूमिका लागि पर्वत सेवा समाज नेपाल कुश्माद्धारा व्लड क्यान्सर र मृगौला फेललाई आर्थिक सहयोग ।

ZEN Travels

पर्वत ।

मातृ भूमिका लागि पर्वत सेवा समाज नेपाल कुश्माले दूई उपचारत पर्वतका बिरामीलाई शुक्रबार एक कार्यक्रमका बिच आर्थिक सहयोग गरेको छ । कुश्मा १४ आर्थरका व्ल्ड क्यान्सर पिडित अर्जुन गौतमलाई रु १ लाख २० हजार र दुवै मृगौला फेल कुश्मा ३ दुलुङ्गकी अमिृता कुमारी शर्मालाई २८ हजार सहयोग गरेको छ । सहयोग रकमको चेक गौतमका पिता शुकराज गौतम र शर्माका पति टिकाप्रसाद उपाध्यायलाई प्रदान गरिएको हो । उक्त रकम सेवा समाजले ईज्रायलमा कार्यरत नेपालीहरुबाट र समाज पर्वतमा आवधहरुबाट सकंलन गरेको हो ।
आर्थिक सहयोग बितरण गर्दे शिक्षा बिकास पर्वत इकाईका अध्यक्ष उद्मिराज पाडेलले पर्वतसेवा समाजले आर्थिक अवस्था कम्जोर भएका यस्ता ब्यक्तिहरुलाई सहयोग गर्ने कदम समाजले चालएर उदाहरणीय काम गरेकोमा प्रशसां गरे । उनले थोपाथोपा मिलेर सागर बन्छ भन्ने पुष्टी समाजका यस्तै कामहरुबाट हुने सुनाए् ।
बिशिष्ट अतिथि पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले मातृ भूमिका लागि पर्वत सेवा समाज नेपाल कुश्माले पिडित दुवैको स्वास्थय लाभको कामना गर्दै सानो सहयोग भएपनि मलम सावित हुने बताए । सो अवसरमा बोल्दै ईज्रायल शाखाका वरिष्ठ उपाध्यक्ष कुशूम रियाले समाजले हाल सम्म ईज्रायलवाट प्राप्त सहयोगको सहि सदुपयोग भएको पाईएको सुनाईन्न् । सहयोग प्राप्त गर्दै पिडित अमिृता कुमारी शर्माका पति टिका समाज प्रति आभार हुँदै भक्कानिए्का थिए ।
मातृ भूमिका लागि पर्वत सेवा समाज नेपाल कुश्माका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा सहयोग हस्तान्तरण कार्यक्रम समपन्न भएको थियो । सहयोग बितरणमा सिसेफ नेपाल पर्वतका पूर्व अध्यक्ष थमनारायण पौडेल, उपाध्यक्ष टंक लामिछाने,अर्जुन पौडेल ‘निर्जन ’ लगायतले बोलेका थिए । समाज स्थापना भएको २ बर्षको अबधिमा करिव २० लाख यसैगरि संकलन गर्दै आर्थिक कम्जोरबाट उपचार गर्न नसकेकाहरुलाई हस्तान्तरण गरेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला