आज एसईईको नतिजा सार्वजनिक हुने

ZEN Travels

भक्तपुर-

माध्यामिक शिक्षा परिक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ। गत बर्षको चैत्र ८ गतेदेखि भएको परिक्षाको आज नतिजा आउन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

नजिता प्रकाशनका लागि दिउँसो तीन बजे परिक्षा बोर्डको बैठक बोलाइएको परिक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
नतिजा प्रकाशनका लागि आवश्यक सवै तयारी पुरा भएको र थप कुनै ठुलो त्रुटि नदेखिएमा आजै नतिजा प्रकाशित हुने उहाँले बताउनु भयो ।
उहाँका अनुसार बैठक सकिएपछि चार बजे पत्रकार सम्मेलन मार्फत नतिजा प्रकाशन भएको जानकारी गराइने छ ।

कक्षा १० को अन्तिममा लिईने यस बर्षको परीक्षामा सहभागी हुन देशभरबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले फारम भरेका थिए ।
शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षालाई कक्षा १२ सम्म हुने ब्यवस्था गरेपछि पहिलो पटक प्रवेशिका परिक्षाको सट्टामा माध्यामिक शिक्षा परिक्षा (एसईई) भएको हो ।

सरकारले यो परिक्षालाई आगामी वर्षदेखि प्रदेश स्तरबाट सञ्चालन गर्ने तयारी गरेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला