‘नागरिकले सर्वसुलभ स्वास्थ्य सेवा पाउनुपर्छ’  :मन्त्री थापा

ZEN Travels

म्याग्दी ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सर्वसुलभरुपमा स्वास्थ्य सेवा पाउनुपर्ने नागरिकको नैसर्गिक हकलाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

समाज कल्याण परिषद्अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषले आज म्याग्दीको बेनीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श सेवालाई सम्बोधन गर्दै उहाँले सर्वसाधारणले सरल र सहज तरिकाले स्वास्थ्य सेवा पाउनुपर्दछ भन्नुभयो ।

मन्त्री थापाले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाउन निःशुल्क शिविर आयोजना गरिएको बताउँदै घरघरमा स्वास्थ्य सेवा पु¥याउन अहिलेको सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत विभिन्न कार्यक्रमहरुको घोषणा गरेको उल्लेख गर्नुभयो ।

गाउँगाउँमा स्वास्थ्य सेवा लैजान आगामी दिनमा ठोस खालका कार्यक्रम सञ्चालन गरिने भन्दै उहाँले स्थानीय तहहरूले स्वास्थ्य सेवासम्बन्धी विशेष कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री थापाले मुस्ताङको कोबाङदेखि उपचार सेवा लिन आएकी शीतलदेवी पुनलाई नामदर्ता कागज हस्तान्तरण गरेर शिविरको शुभारम्भ गर्नुभएको थियो ।

शिविरमा बालरोग विशेषज्ञ डा. नवराज सुवेदी नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिएको थियो । स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा दिइएको शिविरमा म्याग्दीसहित मुस्ताङ र पर्वत जिल्लाका तीनसय बढी बिरामीले सेवा लिएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला