६३ करोड ६३ लाख १० हजारको वजेट कुश्मा नगरपालिकाद्धारा पारित

ZEN Travels

पर्वत ।
कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम आईतबार पारित गरेको छ । नगर उपप्रमूख सीता काफ्ले लामिछानेले आगामी आ.व को रु ६१ करोड ३५ लाख ९१ हजार प्रस्ताव गर्दै संसोधित आय ६३ करोड ६३ लाख १० हजारको वजेट अनुमान गरि प्रस्तूत गर्नुभएको छ ।
व्याय तर्फ विषयगत कार्यालयहरुका काकर्यक्रम संचालन गर्न २ करोड ५५ लाख,वडागत योजना तथा कार्यक्रम तर्फ ५ करोड ४३ लाख ६७ हजार,ठूला भौतिक पूर्वाधारतर्फका योजनाका लागी ४ करोड २५ लाख र अन्य पूजिंगत खर्च तर्फ ८ करोड ७१ लाख ७२ हजारको संसोधित खर्च प्रस्ताव गर्नु भएको छ । सामाजिक सूरक्षा भत्ताका लागी १० करोड ५० लाख,पत्रकारीता क्षेत्रको प्रवर्धनका लागी सुचना प्रकाशन तथा पत्रकारीता शिर्षकमा वजेट विनियोजन गर्नु भएको छ । संसदको झल्को दिने गरि कार्यक्रमलाई व्यवस्थित वनाईएको थियो ।
नगर प्रमुख रामचन्द्र जोशीले यूवाहरुलाई व्यवसायिक सीपमूलक तालिम संचालन गरि उद्यमशिलता विकास गर्ने,सहकारी मार्फत पुजिंको निर्माण गरि गरिवि न्यूनिकरणमा लगानी गर्ने, प्रतिफलमा आधारित कृषि कृषि अनूदानको व्यवस्था गर्ने,जिल्ला अस्पताललाई ५० सैयाको निर्माण गर्ने,गूणस्तरिय आधारभूत स्वास्थ्य सेवा सवैको पहूचमा शूलभ वनाउन लगायतका कार्यक्रम रहेको बताउनुभयो ।
उहाँले नगरको सवै वडामा मझौला खेल मैदान निर्माण गर्ने, गैरसरकारी संस्थाहरुको सेवालाई एकद्धार प्रणाली अनूरुप लागू गर्ने,गैससको नगर प्रोफाईल निर्माण गर्ने,प्रत्येक वडामा वालमैत्रि कार्यक्रम संचालन गर्ने,नगर भित्र आवश्यक स्थानमा भ्यूटावर निर्माण गर्ने,नगर भित्रका सडकहरुलाई वर्गिकरण गरि निर्माण तथा सूधार कार्यक्रमलाई अगाडी वढाउने बिषय समेटेर निति तथा कार्यक्रम पेश गर्नु भएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला