कान्तो जनसम्पर्क समिती जापानको अधिवेशन सेप्टेम्बर ३० मा

ZEN Travels

काठमाडौं ।

जनसम्पर्क समिती जापान कान्तो क्षेत्रिय समितीको चौथो अधिबेसन आगामी सेप्टेम्बर ३० तारिक आईतबार हुने भएको छ , जुन २४ मा बसेको कान्तो क्षेत्रीय समितीको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । जुलाई २२ अर्थात बिपी स्मृती दिबसको दिन निक्को को कार्यक्रमबाट प्रमुख अतिथी र बिशिष्ट अतिथीको हातबाट सदस्यता बितरणको सुरुवात गरी सेप्टेबर २२ सम्म सदस्यता बितरण गर्ने तथा सेप्टेम्बर २४ मा सदस्यता को अन्तिम नामावली प्रकाशित गर्ने पनि निर्णय गरिएको क्षेत्रीय समिती सभापति यदुराम सापकोटाले रेडियो एनआरएनलाई जानकारी दिनुभएको छ
नेपाली जनसम्पर्क समिती जापानको सिजोओकामा बसेको  बैठकले गरेको निर्णय अनुसार नै सदस्यता बितरण र समितीको अधिबेसन सम्बन्धमा क्षेत्रले तयारी गरेको तर केन्द्र बाट आउनुपर्ने भनिएको पत्र प्राप्त नभएको सदस्यता बितरणको लागि बनाईएको एप्लिकेशन सार्बजनिक नभएको ले जुलाई २२ सम्ममा एप्लिकेसन सार्बजनिक नभएमा समितीको पुरानै फर्म अनुसार कान्तो क्षेत्रमा सदस्यता बितरण गरिने जानकारी बिधानत,समितीको २ बर्षे कार्यकाल सकिए पनि केन्द्रले दिएको समय सिमा ,अन्य क्षेत्रहरुको अधिबेसन,र केन्द्रको अधिबेसन अनुकुल बनाउनको निम्ती ३ महिना पछी सेप्टेम्बर ३० तारीक जनसम्पर्क समिती कान्तो क्षेत्रिय समितीको अधिबेसन सम्पन्न गर्ने निर्णय भएको कान्तो क्षेत्रीय सचिव बिमान सिंह मोक्तानले जानकारी दिनुभएको छ ,अधिबेसनसँग सम्बन्धित अन्य कुराहरु जुलाई २२ मा हुने कांग्रेस जागरण यात्राको कांग्रेस भेलामा सार्बजनिक गरिने भएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला