स्याङ्जाःमृतक सदस्यको ऋण मिनाहा

ZEN Travels

प्रकाश डोटेल

स्याङ्जा ।

मुक्तिनाथ विकास बैंक स्याङ्जा अन्र्तगत संचालनमा रहेको लघुवित्त समूहमा आवद्ध सदस्यको ऋण मिनाहा गरिएको छ । समूहमा आवद्ध सदस्य कोपिला उपाध्यायको मृत्यु भएकाले ऋण मिनाहा गरिएको हो ।

पुतलीबजार नगरपालिका ३ घर भएकी उपाध्यायको मृत्यु पश्चात १ लाख ५२ हजार ४ सय ४५ रुपैया“ मिनाहा गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार मृतका परिवारलाई ५ हजार काजक्रिया खर्च हस्तान्तरण गरिएको छ । उनको घा“स काट्न जानेक्रममा रुखबाट मृत्यु भएको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समूहमा आवद्ध सदस्यका लागि कर्जा सुरक्षण परिचालन कार्यविधि अनुसार ऋण मिनाहा गरिएको बैंकका स्याङ्जा शाखा प्रबन्धक ऋषि ढकालले जानकारी दिए । उनका अनुसार स्याङ्जा शाखाको लघुवित्त डेस्कमा झण्डै ४ हजार सदस्य छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला