पर्वतको ज्ञादी कटुवा चौपारीका बाबु छोरी तनुहँमा भएको र्दुघटनामा मृत्यु

ZEN Travels

पर्वत –

तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका १ बरादीमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा पर्वतको ज्ञादी कटुवा चौपारीका बाबु छोरी सहित चार जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा कुस्मा नगरपालिका वडा नं ९ कटुवाचौपारीका २५ बर्षिय कमल लामिछाने र उनकी ३ बर्षिया छोरी ममता लामिछानेको मृत्यु भएको छ । यसैगरी मृत्यु हुनेमा आँबुखैरेनी –४ निवासी २६ वर्षका डिलबहादुर थापा र आँबु–४ का २८ वर्षीय नुनबहादुर खवास रहेका छन ।

लामिछानेका बाबु र छोरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो भने थापाको उपचारका क्रममा दमौली अस्पतालमा र खवासको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
मृतक लामिछानेकी श्रीमती २० बर्षिया पार्वती लामिछाने पनि गम्भीर घाईते छन । उनको पनि चिन्ताजनक अवस्थामा गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । , अन्य घाइतेहरुमा चितवन भरतपुर–६ निवासी २० वर्षीया सरु पाठक, पर्वत कुश्मा–१३ निवासी २४ वर्षीय गुरुदत्त तिवारी, पर्वत कुस्मा नपा – २ खुर्कोटकी ३९ वर्षीया सीतादेवी चालिसे र नवलपरासी सुस्ताका ३५ वर्षीय आनन्त तिवारी रहेका छन । उनीहरु पनि मृतकका आफन्तहरु नै हुन । कुस्माबाट काठमाण्डौ जाने क्रममा मृतक लामिछाने र आफन्तहरु एउटा निजी प्रकाशन गृहको भ्यानमा त्यस तर्फ गएका थिए । काठमाण्डौको निजी पब्लिकेशनमा काम गर्दै आएका मृतक लामिछानेकी श्रीमती पार्वती र छोरी भने मनकामना मन्दिरमा पुजा गर्न हिडेको आफन्तले बताएका छन
पृथ्वीराजमार्गमा भएको दुर्घटनामा आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ ख ३०७३ नम्बरको बसले कुस्माबाट जाँदै गरेका बा १७ च १८१४ नम्बरको भ्यान र डुमै्बाट आँबुखैरेनी जाँदै गरेको ग ५ प १९४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका निरीक्षक सन्तोष रोकाले बताए । एकै पटक तीन सवारी ठोक्किँदा केहीबेर राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्ग प्रहरीले खुलाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला