सूर्या लाईर्फ ईन्स्योरेन्सद्धारा मृत्यु दाविको रकम भुक्तानी

ZEN Travels

रामकृष्ण लामिछाने
पर्वत ।
सूर्या लाईर्फ ईन्स्योरेन्स कम्पनी लिमिटड बाग्लुङ शाखाले कालगतिले मृत्यु भएका पर्वत कुश्मा नगरपालिका १२ का रामप्रसाद सापकोटाको परिवारलाई जिवन बिमा वापत्को रकम २ लाख ९ हजार शुक्रबार चेक मार्फत भुक्तानी गरेको छ ।
सुर्या लाईर्फ ईन्सोरेन्स कम्पनी लिमिटड बाग्लुङ शाखाका प्रबन्धक उषा चापाँगाईले सो रकम मृतक सापकोटाकी श्रीमती लिलावती सापकोटालाई हस्तान्तरण गरेकी हुन । मृतक सापकोटाले २ लाख बराबरको १५ बर्षीय आजिवन जिवन विमा गत साल मात्रै गरेका थिए । उनले सूर्या लाईफमा पहिलो बर्षको किस्ता रकम १४ हजार कम्पनिमा बुझाएका थिए । भने,आफ्नो बच्चाको पनि उनले बालविमा शिर्षकमा विमा गदै ६ हजार ८ सय पहिलो किस्ता रकम बुझाएका थिए ।
बच्चाका बिमा संरक्षक सापकोटाको मृत्यु भएका कारण उनका बाच्चाको १५ बर्षको बिमा कम्पनिले बेर्होने भएको छ । शुक्रबार नै कम्पनीले बाल रहत अन्तर्गत बालको संरक्षकको मृत्यु भएकाले उनकी श्रीमति लिलावती सापकोटालाई सहयोग वापत् २१ हजार पनि चेकमै भुक्तानी गरेको छ ।
बिमा रकम बितरणमा बाग्लुङ शाखाका पूर्व ईन्चन्र्ज मिलन सुवेदी र अभिकर्ता क्रिषिराम पौडेलको सहभागिता रहेको कम्पनीका शाखा प्रबन्ध उषा चापाँगाईले बताईन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला