जनसम्पर्क समिति स्पेनको साधारण सभामा केन्द्रीय नेताहरु आउने

ZEN Travels

स्पेन । नेपाली जनसम्पर्क समिति स्पेनको कार्यसमितिको जुन ९ तारीख़मा बसेको नियमित बैठकले साधारण सभाको मिति तय गरेको छ । वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको लगभग आधा भन्दा बढ़ी अवधि सकिसकेको छ र संस्थाको बिधानत १ वर्ष भित्र गर्नुपर्ने साधारण सभा यही जुलाई २४ तारीख़ बार्सिलोनामा भब्यताका साथ आयोजना गर्ने निर्णय गरेको हो ।

स्पेनको जेठो संस्था र यहाको नेपाली समूदायमा दह्रो प्रभाव राख्ने जनसम्पर्क समिति स्पेनले एक वर्ष भित्र गरेका र गर्ने भावी कार्यनीति, राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, संगठनीक प्रतिबेदन, संस्थाका आन्तरिक विधान मस्यौदा, चुस्त दुरुस्तता, गतिशीलता लगायत बीबीध बिषयहरु साधारण सभामा छलफल गरिने भएको छ ।

यसैगरी विभिन्न कार्यक्रमका सिलसिलामा यूरोप आउन लागेका नेपाली कांग्रेसका नेताहरुको पनि साधारण सभामा उपस्थिति रहने पक्कापक्की भएको छ । जसमा प्रभावशाली युवा नेताहरु गगन थापा, बिश्वप्रकाश शर्मा देखि उपसभापति बिमलेन्द्र निधि, प्रदीप गिरि लगायत नेताहरुलाई उपस्थित गराऊन पहल जारी रहेको समितिका महासचिब बिराज शर्मा ( राम प्रसाद सापकोटा ) ले मेरोजिल्ला डट कमलाई जानकारी दिए ।

महासचिब शर्माले दिएको जानकारी अनुसार मिति तय भईसकेको छ र कार्यक्रम स्थल लगायत अन्य आन्तरिक तयारीहरु भईरहेको बताए । त्यस्तै जनसम्पर्क समिति प्रति आस्थावन सम्पूर्ण साथीहरु साधारण तथा क्रियाशील सदस्यहरु सबैलाई उक्त दिन समय अनुकूल मिलाएर उपस्थित भई साधारण सभालाई भब्यताका साथ सफल बनाऊन अवहान गरेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला