रुस क्वार्टरफाइनलमा, पूर्व विश्वविजेता स्पेन पनि बाहिरियो

ZEN Travels

काठमाडाैँ ।

पूर्व विश्वविजेता स्पेन पनि रसिया विश्वकपबाट बाहिरिएकाे छ । आइतबार राति मस्कोको लुजनिकी स्टेडियममा भएको नकआउट चरणको खेलमा अायाेजक रसियासँग पेनाल्टीमा पराजित भएपछि स्पेनकाे विश्वकप यात्रा सकिएकाे हाे ।

निर्धारित समय र थपिएको समयमा १–१ को बराबरीमा रोकिएपछि पेनाल्टी तर्फ धकेलिएको थियो। पेनाल्टीमा रुसले स्पेनलाई ४–३ गोलअन्तरले पराजित गर्दै इतिहास रचेको छ।

यो सँगै विश्वकपबाट बाहिरिनेहरुमा उपाधि दाबेदार मानिएकाहरुमा जर्मनी, अर्जेन्टिना पोर्चुगलसँगै स्पेनको पनि १ कराेड ३० लाख अमेरिकी डलर लिएर घर फर्केकाे छ ।

कोके र इगो आस्पासले प्रहार गरेको पेनाल्टी रसियाका गोलकिपर इगोर अाकिनफिभले बचाएका थिए । याे जितसँगै आयोजक रुस क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

रुसका फेदर स्मोलोभ, सर्गी इन्गासेभिच, अलेक्जेन्डर ग्लोभिन, डेरिस चेरिसेभले पेनाल्टी परिणत गरेका थिए भने स्पेनका आन्द्रेस इनिस्टा, गेरार्ड पिके, सर्जियो रोमासले मात्रै पेनाल्टी परिणत गर्न सके।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला