विमा कम्पनिको कमाई १० बर्षमा ३५ अर्ब

ZEN Travels

काठमाडौं ।

चालु आर्थिक वर्षको १० महिना अवधिमा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब २५ करोड १७ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले यस अवधिमा वैदेशिक रोजगार बीमा वापत २ अर्ब ४१ करोड ४६ लाख ९५ हजार कमाएका छन् । त्यसैगरी विमा कम्पनीहरुले अन्य जीवन बीमा वापत ३२ अर्ब ८३ करोड ७० लाख २१ हजार रुपैयाँ गरी जम्मा ३५ अर्ब २५ करोड १७ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कमाएको बीमा समितिले जनाएको छ । समितिको तथ्यांक अनुसार यस कम्पनीले चालु आवको १० महिनासम्ममा ११ अर्ब ९८ करोड १९ लाख ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस कम्पनीले वैदेशिक रोजगार बीमा मार्फत ३२ करोड ९९ लाख ३६ हजार रुपैयाँ र अन्य बीमा मार्फत ११ अर्ब ६५ करोड २० लाख ५९ हजार बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाईफपछि सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले वैदेशिक रोजगार बीमाबाट १ करोड ३८ लाख १ हजार रुपैयाँ र अन्य बीमाबाट ७ अर्ब ४७ करोड ९७ लाख ९४ हजार रुपैयाँ गरी जम्मा ७ अर्ब ४९ करोड ३५ लाख ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बीमा शुल्क आर्जनका हिसाबले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा देखिएको छ । कम्पनीले ४ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले वैदेशिक रोजगार बीमा मार्फत ५४ करोड २२ लाख रुपैयाँ र अन्य बीमा मार्फत ४ अर्ब १७ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ ।

यसैगरी मेट लाइफ इन्स्योरेन्स कम्पनी र एशियन लाइफ इन्स्योरेन्स कम्पनी चौथो र पाँचौ स्थानमा देखिएका छन् ।

चालु आर्थिक वर्षको १० महिनासम्म मेट लाईफले बीमा शुल्क वापत २ अर्ब ७९ करोड ३३ लाख रुपैयाँ कमाएको छ भने एशियन लाइफले २ अर्ब १३ करोड १८ लाख रुपैयाँ कमाएको छ । यी दुबै कम्पनीले वैदेशिक रोजगार बीमा भने गरेका छैनन् ।

छैठौं स्थानमा देखिएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले वैदेशिक रोजगार बीमाबाट ४० करोड ३९ लाख रुपैयाँ र अन्य बीमाबाट १ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ गरी जम्मा १ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यसैगरी साताैं स्थानमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । यस कम्पनीले वैदेशिक रोजगार बीमाबाट २६ करोड ९९ लाख रुपैयाँ र अन्य बीमाबाट ९६ करोड १२ लाख रुपैयाँ गरी जम्मा १ अर्ब २३ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन आर्जन गर्दै आठाैं स्थानमा देखिएको छ । कम्पनीले यस अवधिमा वैदेशिक रोजगार बीमाबाट १५ करोड ११ लाख रुपैयाँ र अन्य बीमाबाट ९० करोड ५ लाख रुपैयाँ गरी जम्मा १ अर्ब ५ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नयाँ बीमा कम्पनीमा को अगाडि ?

चालु आर्थिक वर्षदेखि मात्रै ९ वटा जीवन बीमा कम्पनीहरुले कारोबार शुरु गरेका थिए । बीमा समितिबाट लाइसेन्स लिएर यसै आर्थिक वर्षदेखि कारोबार शुरु गरेका ९ कम्पनीमध्ये सबैभन्दा धेरै युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्क आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा यस कम्पनीले ५६ करोड ३८.४१ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले वैदेशिक रोजगार बीमाबाट २१ करोड ४२ लाख २५ हजार रुपैयाँ र अन्य बीमाबाट ३४ करोड ९६ लाख १६ हजार रुपैयाँ गरी जम्मा ५६ करोड ३८ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

युनियनपछि दोस्रो स्थानमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । यस कम्पनीले वैदेशिक रोजगार बीमाबाट १३ करोड ५२ लाख ६१ हजार रुपैयाँ र अन्य बीमाबाट २१ करोड ५९ लाख ७७ हजार रुपैयाँ गरी जम्मा ३५ करोड १२ लाख ३८ हजार रुपैयाँ शुल्क आर्जन गरेको छ ।

यसैगरी तेस्रो स्थानमा देखिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार बीमाबाट १८ करोड ४५ लाख रुपैयाँ र अन्य बीमाबाट ८ करोड ५१ लाख रुपैयाँ गरी जम्मा २६ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने चौथोमा रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले सोही अवधिमा वैदेशिक रोजगार बीमाबाट १६ करोड ७३ लाख रुपैयाँ र अन्य बीमाबाट ८ करोड ७० लाख ७५ हजार रुपैयाँ गरी जम्मा २५ करोड ४३ लाख ६६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

१९ करोड ६८ लाख ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरी सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पाँचौं स्थानमा देखिएको छ भने १५ करोड ११ लाख ७१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरी ज्योति लाइफ इन्स्योरेन्स कम्पनी छैठौं स्थानमा देखिएको छ ।

यसैगरी प्रभु लाईफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः ४ करोड ६१ लाख ७२ हजार, ३ करोड ६६ लाख ९४ हजार र २ करोड ९४ लाख ७५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला