बर्खा ज्वरो, झाडापखालाका बिरामी बढे, यस्तो छ चिकित्सकको सुझाव

ZEN Travels

काठमाडौं  ।

वर्षायाममा सरुवारोगको संक्रमण अधिक हुने गर्दछ । निरन्तर वर्षा हुने अवस्थामा संक्रमणको उच्च जोखिम हुने भएकाले सतर्कता अपनाउनुपर्ने सल्लाह चिकित्सकहरुले दिएका छन् ।

वर्षायाममा तुलानात्मकरुपमा पानीका स्रोतहरु बढी प्रदुूषित हुने भएकाले रोग संक्रमणको जोखिम पनि धेरै हुने गर्दछ । सूक्ष्म जैविक संक्रमणका कारण रोगहरु फैलने गर्दछ ।

यो मौसममा प्रदूषित खानेपानीका कारण टाइफाइड, झाडापखाला, आउँ, जन्डिस, हेपाटाइटिस ‘ए’, हेपाटाइटिस ‘सी’जस्ता रोगको जोखिम बढ्ने गर्दछ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनकाअनुसार पछिल्लो समय ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको छ ।

झाडापखाला र रुघाखोकीलगायतका बिरामीको संख्या पनि बढेको पुनले जानकारी दिए ।

सडेगलेका खानेकुरा खाने र प्रदूषित पानीको प्रयोगबाट रोगको संक्रमण हुने भन्दै डा. पुनले सकेसम्म बासी र बाहिरका खानेकुरा नखान तथा पानी शुद्धीकरण गरेरमात्र पिउनुपर्ने बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला