अाेली सरकारले मध्यरातमा यस्ताे निर्णय गरेपछि कांग्रेसलार्इ झट्का

ZEN Travels

काठमाडौं ।

सरकारले तत्कालीन शेरबहादुर देउवा सरकारले भदौ १४ गतेदेखि फागुन २ गतेसम्म गरेका सबै राजनीतिक नियुक्तिहरु खारेज गरिदिएकाे छ। बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । २०७४ फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो ।

अाेली सरकार प्रति प्रमूख प्रतिपक्षी दल अाक्रामक बन्दै गइरहेका बेला सरकारले कांग्रेस नेतृत्वकाे सरकारले गरेका निर्णय नै उल्टाइदिएकाेे छ । बुधबार दिउँसाे काग्रेसले संसद  अबरूद्ध गरेकाे थियाे । त्यस्तै कांग्रेस निकट विद्यार्थी संगठनले सरकारकाे बिराेधमा निशेधाज्ञा ताेड्दै माइतिघर मण्डलामा प्रदर्शन गरेकाे थियाे । त्यस लगत्तै बुधबार राति अबेर सकिएकाे मन्त्रिपरिषद् बैठकले देउवा सरकारकाे निर्णय उल्टाइ दिएकाे हाे । अाेली सरकारकाे याे निर्णयले नयाँ राजनीतिक तरङ्ग पैदा गर्ने संकेत देखिकाे छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला