बाढीेबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई तत्काल ५० हजार

ZEN Travels

धनुषा-

बाढीपहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नं २ को सरकारले तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

केही दिनयताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नं २ मा हालसम्म दुई जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बाढीका कारण गत मंगलबार पर्सा जिल्लाको पर्सा गढी गापा–८ रमौली बस्ने प्रतिमा राम र सुरेन्द्र महतोको मृत्यु भएको थियो । साथै बाढीपहिरोको कारण मृत्यु भएकाहरुको परिवारप्रति मुख्यमन्त्री लालबाबु राउतले हार्दिक संवेदनासमेत व्यक्त गर्नुभएको छ ।-rss

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला